१ कार्तिक २०८३, शनिबार

हिमानीले पत्रकारको प्रश्न हाँसेर टारिन् (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himani-saha-1

काठमाडौं, ७ साउन । विहीवार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी हिमानी शाहले पत्रकारको प्रश्नलाई हाँसेर टारेकी छिन् ।

हिमानीले पहिलो पटक हिमान ट्रस्ट मार्फत विहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेकी थिईन् । उनको आग्रहमा उपस्थित पत्रकारबाट प्रश्नको वर्षा भएको थियो । जवाफमा हिमानी केबल मुसुक्क हासिदिन्थिन् ।

पत्रकारहरुले संविधानको लागि हिमानीको व्यक्तिगत सुझाव, धर्म निरपेक्षताको पक्षमा हुनुहुन्छ कि विपक्षमा ? जनतालाई के भन्नुहुन्छ ? जस्ता प्रश्न सोधेका थिएँ ।

एक प्रश्नको जवाफमा हिमानीले भनिन्– ‘हामी राजनीतिज्ञ होइन, ट्रस्टको बारेमा कुरा गरौँ न ल ।’ उनले जनताको सुझावलाई नयाँ संविधानमा लिपिबद्ध गरिनुपर्ने प्रतिक्रिया पनि दिइन् ।

नेपालमा राजसंस्थाको अन्त्य भएपछि पहिलो पटक पूर्व युवराज्ञी हिमानीले आयोजना गरेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण ढंगले हेरिएको छ । संविधानको मस्यौँदावारे सुझाव संकलन भैरहदा आयोजना भएको पत्रकार सम्मेलभित्र धेरै रहस्य लुकेको हुनसक्ने कतिपयको अड्कल छ । उनी राजनीतिमा होमिने संकेतको रुपमा पनि पत्रकार सम्मेलनलाई लिन सकिन्छ । उनले ट्रस्ट मार्फत धेरै ठाउँमा भूकम्प प्रतिरोधी स्कुल बनाइदिने पनि बताएकी छिन् । उनी ट्रस्ट मार्फत एकपछि अर्को गर्दै सामाजिक कार्यक्रमा सक्रिय देखिन थालेकी छिन् । यसअघि गोप्य ढंगबाट कार्यक्रम गर्दै आएपनि अहिले भने पत्रकार समक्ष नै सार्वजनिक भएकी छिन् ।

himani-saha  himani-saha-2 himani-saha-3