८ कार्तिक २०८३, आइतबार

पाँच लाख बुझाउँदा दोब्बर १० लाख पाइने भन्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaकाठमाडौँ, ७ साउन । ‘तपाईंसँग भएको पैसा दोब्बर बनाइदिन्छु’ भन्दै रु पाँच लाख ठगी गर्ने गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर उपमहानगरपालिका–५ कुमारीपाटीस्थित डिम्पल थापाको पसलमा तपाईंको पसलमा भएको पैसा दोब्बर बनाइदिन्छौँ भन्दै ठगि गर्ने काठमाडौँ महानगरपालिका–५ का ज्ञानबहादुर क्षेत्री, तेह्रथुम जलजले गाविसका शिव भुर्लाकोटी, झापा दमक नगरपालिका–१३ की ६३ वर्षीया सीतादेवी ढकाललाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ परी आज सार्वजनिक गरेको छ ।

घटनाक्रम अनुसार अभियुक्तहरूले २०७१ पुस १८ गते पसलमा लगातार आई चिनजान गरेको र घनिष्ट सम्बन्ध बनाई ‘तपाईंको रकमलाई दोब्बर बनाई दिन्छौँ’ भनी सक्कली नोटलाई सादा कागजमाथि राखी रसायन पदार्थ छर्की गाताले बेरी यसलाई भोलिपल्ट मात्र खोल्नु भनी गएका थिए ।

भोलिपल्ट पुनः उनीहरू उक्त पसलमा गई बेरिएको सक्कली नोट झिकी अब यसको काम सकियो भनी थापाको आँखा छली आफूसँग भएको रसायनयुुुक्त नोटको अर्को नोट बिटो ‘दोब्बर भएको पैसा यही हो’ भन्दै थापालाई दिएका थिए । त्यसपछि सोही दिनमा पनि उनीहरूले रु एक हजारको नोटमा सोही पदार्थ दलेर त्यसैगरी थापालाई राख्न दिएको र भोलिपल्ट पनि आई अघिल्लो दिनको जस्तै गरेर पुनः रु एक हजार आफूसँग रहेको नोटमा रसायन दली थापालाई दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुई पटकसम्म आफूले दिएको भन्दा दोब्बर पैसा पाएपछि थापाले समेत उनीहरूलाई विश्वास गरी रु पाँच लाख दोब्बर गर्न दिएको र अघिल्लै विधिअनुसार पक्राउ परेका अभियुक्तहरूले थापालाई झुक्याई रसायन पदार्थ छर्की गाताले बेरेर त्यसलाई भोलिपल्ट मात्र खोल्नु भनी कागजको बिटो राख्न दिई रकम लिएर फरार भएका थिए ।

प्रहरीका अनुसार भोलिपल्ट उनीहरू नआएपछि थापा आफैँले सो रसायन दलेको बिटो फुकाएर हेर्दा काजगमात्रै देखिपछि आफू ठगिएको थाहापाए । यो घटना लगत्तै तिनले उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले जानकारी दिनुभयो । उनीहरूलाई आजै जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।