
एजेन्सी । अवैध सम्बन्धको खुलासा भएपछि आफ्नो टूटेको दाम्पत्य जीवन बचाउन एक महिलाले षडयन्त्र रचेर आफ्ना कथित प्रेमीलाई घरमा बोलाएर पतिको हातबाट हत्या गराएकी छिन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार प्रेमी मनोहरको इन्द्रा नामकी महिलासँग प्रेमचक्कर थियो । र, उनी प्रेमिकाको घरमा आउने जाने गरिरहन्थे । प्रेमिकाले एक दिन पतिको दबावमा युवककलाई षड्यन्त्रपूर्वक आफ्नो घर बोलाईन् र त्यसपछि आफ्नै भाईसँग मिलेर प्रेमीको हत्या गराईन् । हत्यापछि डराएर आरोपीहरुले युवकको लासलाई घर भन्दा केही टाढाको दूरीको १०० फीट रोडस्थित सूचना केन्द्रको झाडिमा फालिदिए । राजनगर थाना पुलिसले घटनाको छानविन गर्दै हत्या आरोपी पत्नीसहित चार जनालाई गिरफ्तार गरेको छ ।
अतिरिक्त जिल्ला पुलिस अधीक्षक सुधीर जोशीले भनेका छन्–‘इन्द्राको मनोहरसँग अवैध सम्बन्ध थियो । पत्नीको युवकसँग रहेको सम्बन्धको थाहा पाएपछि पतिले सम्झाएका थिए । पत्निले भविष्यमा यस्तो सम्बन्ध नराख्ने बाचा गरेकी थिईन् । तर, एकदिन पतिले युवकसँग बदला लिनका लागि पत्नीलाई एक पटक फेरि प्रेमीलाई घर बोलाउन निर्देशन दिए । त्यसपछि महिलाले पतिको निर्देशन अनुसार षडयन्त्र रचेर आफ्ना कथित प्रेमीलाई घर बोलाईन्, त्यसपछि उनलाई पतिको जिम्मा लगाईन् । रिसाएका पतिले आफ्नो घरको इज्जतसँग खेलवाड गरेको भन्दै भाईसँग मिलेर युवकलाई निर्घात कुटपिट गरे । ती युवकको प्रेमिकाको घरमै ज्यान गयो ।
पुलिसले यो मुद्दाको अनुसन्धान गर्दै आकोदियाको खेड़ाका कालूदास वैष्णवको हत्या आरोपमा गोवर्धन भील, उनका भाई रामलाल भील, काका भाई गोपाल पुत्र हरिकिशन र पत्नी इन्द्रालाई गिरफ्तार गरेको छ । घटनाको थप अनुसन्धान चलिरहेको र शुक्रबार अदालतमा मुद्दा दायर हुने रामनगर पुलिसले जनाएको छ ।

















प्रतिक्रिया