
एजेन्सी । मान्छेलाई डस्ने सर्प, दुलोभित्र बसेको, पानीमा तैरिएको त सुन्नुभएको होला । तर, यहाँ एक सर्प आकाशमा उडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुजरातको मोरबी शहरमा उडिरहेको सर्प देखेर मानिसहरु आश्चर्यमा परेका छन् । भर्खरै यो फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सोमबार सर्प आकाशमा उडिरहेको फोटो सार्वजनिक भएको थियो ।
खबर अनुसार यो अनौठो घटना गुजरातको मोरबी शहरको हो । यद्यपी यो फोटो गुजरातमा पुरै भाइरल बनेको छ । यो अनौठो घटनालाई केही मानिसहरुले साँच्चिकै चमत्कार भन्दै सर्प आकाश उडेको दाबी गरेका छन् त केही व्यक्तिहरुले कुनै पक्षीले यसलाई सिकार गर्न लिएर उडेको बेला सर्प उसको कब्जाबाट छूटेर तल खस्ने समयमा उडेको जस्तो देखिएको अनुमान गरेका छन् ।
सर्प उडेको हो या खसेको कुनै तथ्य खुल्न सकेको छैन् ।
















प्रतिक्रिया