काठमाडौं, ६ साउन । ललितपुरमा एक युवती बलात्कृत भएकी छिन् ।
राति ट्याक्सीमा सँगै आएका पुरुषले रात प¥यो आज यही बसौं भन्दै ललितपुरको मानभवन स्थित क्ल्यारियन होटलमा लगेर युवतीमाथि बलात्कार गरेको ललितपुर प्रहरीले जनाएको छ ।
होटलमा युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ दमौली ९ का डम्बर बहादुर अधिकारी पक्राउ परेका छन् ।
ललितपुरका डीएसपी किसनसिंह थापाका अनुसार अधिकारीले लमजुङ घर पुर्याइदिने भन्दै राती १० बजे ट्याक्सीमा चढ्न लगाई १९ वर्षीय युवतीलाई असार ३१ गते होटलमा लगेर बलात्कार गरेका थिए । अधिकारी वैदेशिक रोजगारका लागि कतारबाट विदामा घर आएका थिए ।















प्रतिक्रिया