रुपन्देही, ६ साउन । रुपन्देहीमा एक युवतीले अकालमै ज्यान गुमाएकी छिन् ।
आमाले मनाही गर्दागर्दै पौडी खेल्न गएकी बुटवल उपमहानगरपालिका–१३ बस्ने १४ वर्षीया भगवती आचार्यको तिनाउ नदीमा डुबेर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेकी आचार्यलाई स्थानियले उद्धार गरी लुम्बिनी अंचल अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया