८ कार्तिक २०८३, आइतबार

काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट एकको मत्यु, एक गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । काठमाडौंको कीर्तिपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एक जना गम्भीर घाइते भएका छन् ।

कीर्तिपुर–३ स्थित सडकमा बा. ६२ प ९७७७ र बा. ६२ प १८८४ नम्बरका दुइ मोटरसाइकल तथा साईकल मंगलबार एकआपसमा ठक्कर खाँदा साईकल चालक सर्लाही कोरीयाटारका ३२ बर्षीय बिजय महत्तोको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका साइकलमा सवार बर्मादेव महत्तोको मोडल अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ । दुबै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।