प्रजातान्त्रिक मर्यादामा, राज्यको संबिधान निर्माण भनेको राष्ट्रिय हित र सुरक्षा, समान नागरिक अधिकार सुरक्षा र असल राज्यसत्ता प्रणाली सुरक्षाको निमित्त गरिन्छ । राष्ट्रिय सुरक्षा, समान नागरिक अधिकार सुरक्षा र असल राज्यशत्ता प्रणाली सुरक्षाको मार्ग रेखामा भनेको प्रजातान्त्रिक संबिधानले मात्र, बहुपहिचान र बहुभाषिक नागरिकहरुलाई बहुसामाजिक सहिष्णुता रहित शान्त र सुन्दर राज्य निर्माण गर्ने प्रेरणा र उत्साहको वातावरण निर्माण गर्न सकिन्छ । यिनै मर्यादाहरुमा नेपालको नयाँ संबिधान बन्नुपर्दछ, नेपालीहरुको लागि, अनी नेपालको लागि ।
धार्मिक प्रतिष्ठाका कुराहरु उमारेर हिन्दुले नै हिन्दुमाथि, बुद्धिस्टले नै बुद्धिस्ट माथि र मुसलमानले मुसलमानमाथि नै शोषण गरेका छन । जात र जातिका कुराहरु भनेको सामजिक संस्कारमा राख्ने बिषय हो, राज्यको संबिधानमा राख्ने हैन । धार्मिक कुराहरु भनेको मन्दिर र मनमा राख्ने बिषय हो, मुलुकको संबिधानमा राख्ने हैन ।
नेपालमा कुनै समयमा त्यो बेलाको नेपालीहरु, त्यो बेलाको नेपाल सुहाउँदो र त्यो बेलाको समय अनुकुल संबिधानहरु बनेको थियो । बिगतमा बनेको संबिधानहरुको आलोचना गर्नु र बिगतमा भनेको संबिधानहरुकै मार्ग रेखाहरुमा बर्तमान नेपालको संबिधान बनाउनु दुवै अनर्थ हुनेछ । त्यस्तै, बहुभाषिक, बहुधार्मिक र बहु-भौगोलिक समाजहरु रहेको राज्यमा, कुनै पनि एकल भाषी, एकल धार्मिक र एकल–भौगोलिक सुरक्षा, सम्बद्र्धन र बिकास मात्रको मार्गमा राज्यको संबिधान निर्माण गर्नाले, न नागरिकहरुमा विश्वास गर्ने स्थिति हुन्छ न नागरिकहरुमा राज्यको बिकास गर्ने मनस्थिति नै हुनेछ । एकल पक्षीय स्वार्थहरुमा निर्मित संविधानले मात्र नागरिक एकताको दुरी टाडा हुँदै जानेछ, राज्यमा आतंकको खेती बढ्दै जानेछ र राज्यमा आतंकाकारीहरुको बजार बिकास निश्चित हुनेछ । राज्यको संबिधान भनेको समयको माग अनुसार परिबर्तन (संशोधन) हुँदै जाने बिषय हो । नेपालको नयाँ संबिधान बहु नेपालीहरुको अधिकार सुरक्षा, पहिचान–प्रतिष्ठा, बहु–भावना र राष्ट्रिय एकता बिकासको मार्ग रेखाहरुमा बन्नुपर्दछ, नेपालीहरुको लागि, अनि नेपालको लागि ।
नेपालको कुन भौगोलिक क्षेत्रलाई कुन भाषामा र के शब्दमा नामकरण गरिनु पर्दछ भन्ने निर्णय त्यहि भौगोलिक क्षेत्रको नागरिकले गरिनु पर्दछ । नेपालको कुन भाषा, कुन सामाजिक संस्कार र कुन धर्मको सम्बद्र्धन र बिकास कसरी गरिनु पर्दछ, त्यो पनि उही भाषिक, उही समाज र उही धार्मिक समुहले निर्णय गर्नु पर्दछ । कुन जन्तु नेपालको राष्ट्रिय जनवार, कुन पन्छी नेपालको राष्ट्रिय पन्छी र नेपाल कुन धार्मिक राष्ट्रिय बनाउने बिषयहरु बर्तमान नेपाल र नेपालीहरुको संवैधानिक प्राथर्मिकता नै हैन । बर्तमान नेपाल र नेपालीहरुको आवाश्यकता भनेको बहुभाषिक, बहुधार्मिक र बहु–भौगोलिक नेपाली नागरिक, समाजहरु अटाउन रहर हुने सिंगो संयुक्त नेपाल संघीय राज्य (United States of Nepal) निर्माण गर्ने हो ।
राज्यको संबिधान सबै नागरिकहरुलाई चित्त बुझ्दो भनेर मात्र पनि कुनै अर्थ हुँदैन । राज्यको संबिधान सबै नागरिकहरुलाई चित्त बुझ्दो भनेको त्यति खेर मात्र अर्थपूर्ण हुन्छ, जब त्यो संबिधान सबै नागरिकहरुमा बरोबरी लागु कार्यान्वयन हुनेछ, चाँहे त्यो नागरिक कुनै जातको होस्, कुनै जातिको होस् अथवा नारी, पुरष, समलिंगी, धनी, गरिब, नेता, कार्यकर्ता, कर्मचारी, ब्रह्मचारी, गुण्डा, माह्त्मा, हिन्दु, बुद्धिस्ट, क्रिस्यन, मुसलमान, नास्तिक अथवा श्रीराम, बुद्ध, अल्लाह र जिसस् नै होस् । बर्तमान नेपालीहरु बाहुन, क्षेत्री, शेर्पा, गुरुङ, मगर, नेवार कुनै पनि जात या जातिको होस् अथवा हिमाली, पहाडी, मधेसबासी कुनै पनि धार्मिक आस्थाको होस् । सबै नेपालीहरु मात्र चाहन्छन नेपालमा नेपालको राष्ट्रिय हित र सुरक्षा, समान नागरिक अधिकार सुरक्षा र असल राज्यसत्ता प्रणाली सुरक्षाको संबिधान बनोस ।
बाँकि सबै व्यक्तिगत र राजनीतिक पार्टीगत संवैधानिक हक र संबैधानिक आवश्यकताहरुको प्रचार–प्रसार र मागहरु भनेको सामन्तबादी, अवसरबादी र सीमित राजनीतिक कुर्सी–सत्ता–लोभीहरुको उद्देश्य सुरक्षाको निउहरु मात्र हो । आ–आफ्नो व्यक्तिगत र राजनीतिक पार्टीगत उद्देश्यहरु सुरक्षा गर्न कुन जन्तु नेपालको राष्ट्रिय जनावर, कुन पन्छी नेपालको राष्ट्रिय पन्छी र नेपाल कुन धार्मिक राष्ट्रिय बनाउने बिषयहरु उमारेर नेपाली नागरिकहरुबीच अविश्वासको परिस्थिति सृजना गर्न यी सामन्तबादी, अवसरबादी र सीमित राजनीतिक कुर्सी–सत्ता–लोभीहरुले जे पनि भन्ने छन र जे पनि गर्ने छन । उनीहरुको स्वार्थ भनेको जसरी हुन्छ सर्बसाधारण नेपालीमाथि शोषण गर्न सक्ने र पाउने बाटो बनाउने थियो र रहने छ । को नेपाली, कसरी, कहिले, कसले मारे अथवा मरे उनीहरुलाई केहि फरक पर्ने छैन । हेक्का रहोस, जात र जातिका कुराहरुको मट्टीतेल हालेर नेपाली एकतालाई डढेलो लाउँदै यी सामान्ताबादी, अवसरबादी र सीमित राजनीतिक कुर्सी–सत्ता–लोभी बाहुनले बाहुन माथि नै शोषण गरेको छन, शेर्पाले शेर्पा माथि नै शोषण गरेको छन । ईतिहांस हाम्रो साँची रहेको छ, धार्मिक प्रतिष्ठाका कुराहरु उमारेर हिन्दुले नै हिन्दुमाथि, बुद्धिस्टले नै बुद्धिस्ट माथि र मुसलमानले मुसलमानमाथि नै शोषण गरेका छन । जात र जातिका कुराहरु भनेको सामजिक संस्कारमा राख्ने बिषय हो, राज्यको संबिधानमा राख्ने हैन । धार्मिक कुराहरु भनेको मन्दिर र मनमा राख्ने बिषय हो, मुलुकको संबिधानमा राख्ने हैन ।













प्रतिक्रिया