३० आश्विन २०८३, शुक्रबार

अमेरिकाका नेपालीको सुझाव: एक पटकको नेपाली सधैंको नेपाली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrn-americaअमेरिका । गैर आवसीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले संविधानको मस्यौदाका बिषयमा सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ ।

प्रवासी नेपालीहरुको सुझावलाई संविधानमा सुनिश्चित गराउन आइतबार एनआरएनले न्युयोर्कको अस्टोरीयामा सुझाव संकलन कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले प्रवासी नेपालीहरुको अधिकार संविधानमा सुनिश्चित गराउन सुझाव दिन आग्रह गर्नुभयो । ‘सम्पूर्ण अमेरिकावासी नेपालीहरुबाट संकलन गरिएको सुझाव एकमुष्ट पठाउछौं’ उहाँले भन्नुभयो ।

त्यस्तै सो कार्यक्रमका सभापति तथा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले नेपालमा बन्दै गरेको संविधानमा नागरिकताको निरन्तरता हुनुपर्ने, दोहोरो ट्याक्स हटाउनुपर्ने र एक पटकको नेपाली संधैको नेपाली भन्ने क़ुरा निर्विवाद हुनुपर्नेमा जोड़ दिनुभयो ।

त्यस्तै नेपाल कन्सुलेटका उप वाणिज्य दूत प्रवीण भट्टराईले सबैलाई धन्यवाद दिए भने महावाणिज्य दूत नारायण प्रसाद मैनालीले राजदूत मार्फ़त संविधानको मस्यौदा एकमुष्ट पठाउँदा नै राम्रो हुने बताए । कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले विषय गत जानकारी दिंदै एक पटकको नेपाली संधैको नेपाली नै एनआरएनको माग भएको कुरामा जोड दिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले देशलाई धर्म निरपेक्ष राष्ट्र या हिन्दू राष्ट्रको व्यवस्था गर्नु भन्दा धार्मिक स्वतन्त्रता प्रदान गर्न उनीहरुले सुझाव दिएका छन् । नेपालमा रहेका करिव १३ प्रतिशत दलितहरुलाई मानवीय व्यवहारका लागि संविधान मै  ब्यबस्था हुनु पर्ने सुझाव प्रस्तुत गरे । शिक्षा र स्वास्थ्य निशुल्क हुने कुरा संबिधान मै लेख्नु पर्ने कुरामा पनि सहभागीहरुले  जोड दिएका छन् ।
उपस्थित वौद्धिक व्यक्तित्वहरुले आगामी दिनमा वौद्धिक सम्पत्तिको अधिकारको विषयमा, साईवर सुरक्षाको बिषयमा ठूलो समस्या आउने भन्दै अहिले नै केहि संवैधानिक व्यवस्था गर्न अनुरोध गरे ।सहभागी वक्ताहरुले संविधान सभाका सदस्यहरुको संख्या, योग्यता र कार्यकालका बारेमा समेत सुझाब दिएका थिए ।