३० आश्विन २०८३, शुक्रबार

पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा नेजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NEAJA Handover Constitution Memorandum (45)वासिङ्गटन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानको प्रस्तावनामा राख्न सुझाव पेश गरेको छ ।

नेजाका अध्यक्ष गौतम दाहालको नेतृत्वमा नेपाली राजदूतावास वासिंगटन डिसीमा गएको नेजाको एक प्रतिनिधि मण्डलले सोमवार अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्कीलाई हस्तान्तरण गरेको मस्यौदा संविधानको सुझावमा यस्तो उल्लेख छ ।

नेजाले संविधानको प्रस्तावनाको सौह्रौ लाईनमा रहेको प्रेस स्वतन्त्रतालाई पूर्ण प्रेस स्वतन्त्रता राख्न अनुरोध गरेको हो । नेजाले पेश गरेको सुझावमा भनिएको छ,–‘अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताबाट अलग हुनु भनेको कुनै न कुनै प्रकारको निरंकुशताको परिकल्पना होु भन्ने नेजाको ठहर रहेको छ ।’

नेजाले राजदूत कार्कीमार्फत हस्तान्तरण गरेको सुझावमा भनिएको छ–‘पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकको पूर्ण प्रत्याभूति, सुशासन, पारदर्शीता र जवाफदेही सरकार लोकतन्त्रका सूचक भएको हुन् । तसर्थ पूर्ण प्रेस स्वतन्त्रताले जनताले सूसूचित हुन पाउने नैसर्गिक अधिकारको ग्यारेन्टी समेत गर्दछ ।’

NEAJA Handover Constitution Memorandum (5)

सुझाव ग्रहण गर्दै राजदूत कार्कीले नेजाको सुझावलाई मस्यौदा समिति समक्ष पठाईने जानकारी दिनुभयो । कार्कीले भन्नुभयो –मस्यौदामा आप्रवासी नेपालीहरुले दिएका चासो,सुझावले विदेशमा रहेर पनि नेपालीहरु देशको भविष्यमा चिन्तित रहेको पाएको छु, यो सुखद पक्ष हो । कार्कीले कूटनीतिक हैसियतले नेपाली डायस्पोरालाई सहभागी वनाउँदै अगाडि बढ्ने काम समेत भएकाले अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुसँग छलफल र सहकार्य गर्न आफू सधैं तयार रहेको बताउनुभयो ।

नेजाका अध्यक्ष गौतम दाहालले सुझाव पत्र राजदूत कार्कीलाई हस्तान्तरण गर्दै मूल कानून संविधान भएकाले संविधानलाई नागरिकको अधिकतम अधिकारलाई संरक्षण गर्नुपर्ने वताउनुभयो । नेजाको तर्फवाट अध्यक्ष गौतम दाहाल, सल्लाहकारहरु गिरीश पोखरेल र कृष्णप्रसाद शर्मा, क्षेत्रीय संयोजक विश्वराज थापा, कार्यकारी सदस्य मधुकर अधिकारी, संस्थापक कोषाध्यक्ष गुणराज लईटेल, लेखनाथ भण्डारी, भरत बराईली, अंकुश नेपाल, जीतमान वस्नेत लगायतका सहभागी हुनुभएको थियो ।