काठमाडौं, ६ साउन । सुनको भाउ निरन्तर ओरालो लागिरहेका बेला बुधबार एकैदिन १५ सय रुपैयाँले घटेको छ ।
स्थानीय बजारमा बुधबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेर ४८ हजारमा झरेको हो । यो मूल्य चार यताकै कम हो । आइतबार सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसअघि २०६८ साउन २३ मा सुन तोलाको ४७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसयता सुनको भाउ ४८ हजार रुपैयाँमा झरेको थिएन ।
अन्तर्राष्ट्रिय बजार भाउ घट्नुका साथै साउनदेखि नेपालमा आयात भन्सार दर एक हजार रूपैयाँले घटाएकाले सुनको भाउमा कमी आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरन्त शाक्यले बताए ।
अन्तर्राष्ट्रिय बजार भाउ र भन्सार दर एकैपटक घट्दा सुनको भाउ ओरालो लागेको उनको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ पाँच वर्षयताकै सस्तो मूल्यमा झरेको बताइएको छ ।















प्रतिक्रिया