८ कार्तिक २०८३, आइतबार

गुल्मीमा चार हजार बढी जनताले मस्यौदामा सुझाव दिए, यस्ता छन् अनौठा सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhan– अनिल खत्री

गुल्मी, ५ साउन । संविधानको पहिलो मस्यौदामाथि गुल्मीमा ४ हजार भन्दा वढी नागरिकले सुझाव दिएका छन् ।

मंगलवार सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा जानकारी गराउँदै जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा उत्साह पूर्वक चार हजार नागरिकले सुझाव दिएको बताइएको छ ।

जिल्लाको क्षेत्र नं. १ को खैरेनीमा सम्पन्न कार्यक्रममा १६ सय ५० जनाले लिखित रुपमा र ५७ जनाले मौखिक रुपमा सुझाव दिएको क्षेत्र नं. १ का सभासद कृष्ण छत्यालले जानकारी दिनुभयो । दिइएका सुझावहरु मध्ये अधिकांस हिन्दु राज्यको पक्षमा सुझाव दिएका थिए । नागरिकहरुले राज्यको सिमाङ्गन गर्दा हिमाल पहाड, तराई मिलाएर बनाउनु पर्ने, लुम्बिनी अञ्चललाई अखण्ड लुम्बिनी प्रदेश हुनुपर्ने, उम्मेदवारको शैक्षिक योग्यता कायम हुनुपर्ने लगायका बिषयमा धेरै सुझाव आएको सभासद छत्यालले जानकारी गराउनुभयो ।

जिल्लाको क्षेत्र नं. २ को तम्घासमा सम्पन्न कार्यक्रममा ५सय ८३ जनाले लिखित रुपमा र ७१ जनाले मौखिक रुपमा सुझाव दिएको क्षेत्र नं. २ का सभासद चन्द्र भण्डारीले बताउनु भयो । नागरिकहरुले राज्यको प्रदेस ३ देखि ५ हुनुपर्ने, हिमाल पहाड तराई सहित अखण्ड लुम्बिनी प्रदेस हुनुपर्ने,हिन्दु राज्य वा धार्मिक स्वातन्त्रता कार्यम हुनुपर्ने लगायतका महत्व पुर्ण सुझाव आएको सभासद भण्डारीले बताउनु भयो ।

जिल्लाको क्षेत्र नं. ३ को सिमटारीमा सम्पन्न कार्यक्रममा १५ सय भन्दा वढीले सहभागिता जनाएका थिए । सहभागीहरु मध्ये १ हजारले दोहोरिएका सुझाव दिएका थिए भने १ सय जनाले नदोहेरिएका सुझाव दिएको क्षेत्र नं. ३ का सभासद गोकर्ण बिष्टले जानकारी दिनुभयो । नागरिकहरुले उत्साह पुर्वक राज्यको पुनरसंरचना ४ देखि ६ प्रदेसमा हुनुपर्ने, नामाङ्कन र सिमाङ्गकन टुंगाएर मात्र संबिधान घोषणा गर्नु पर्ने, राष्ट्रपती वा प्रधान मन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने, वडा अध्यक्ष प्रतयक्ष निर्वाचित हुनु पर्ने।

धर्मिक स्वतन्त्रता सहित हिन्दु राज्य कायम हुनु पर्ने जस्ता सुझाबहरु दिएको सभासद बिष्टले बताउनु भयो । नागरिकहरुले उत्सहपुर्वक दिएका सुझावहरु जस्ताको तस्तै संबिधान सभामा लगेर छलफलमा लैजाने सभासद बिष्टले बताउनु भयो । गुल्मी जिल्लाका तिन निर्वाचन क्षेत्रमा सम्पन्न कार्यक्रममा जिल्लाकम ७ जना सभासदहरुको सहभागिता रहेको थियो ।