८ कार्तिक २०८३, आइतबार

‘नयाँ संविधानमा हिन्दुराष्ट्र कायम नभए गृहयुद्ध’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– डम्मरराज भट्ट
महेन्द्रनगर ५ साउन । नयाँ संविधानमा हिन्दुराष्ट्र कायम नभए कडा संघर्ष गर्ने सुदूरपश्चिमका जनताले चेतावनी दिएका छन् ।

संविधानको मस्यौदामा सुझाव दिँदै नेता तथा सभासद्लाई यहाँका जनताले जुनसुकै हालतमा पनि हिन्दु राष्ट्र कायम राख्न चेतावनी दिएका हुन् । सुदूरका जनताले हिन्दुराष्ट्र कायम नभए गृहयुद्ध हुने चेतावनी दिएका हुन् ।

देशैभरी लगायत अन्तर्राष्ट्रियस्तरमा समेत नयाँ संविधानमा धार्मिक स्वतन्त्रता सहित हिन्दुराज्यको माग उठिरहेको भन्दै संविधानमा हिन्दुराज्य कायम नभए गृहयुद्ध हुने खतरा रहेको भन्दै मुलुकलाई धार्मिक युद्धबाट बचाउन सुपका नागरिकहरुले सुझाव दिएका छन् ।

मुलुकलाई धार्मिक युद्धबाट बचाउन संविधान सभा सदस्यहरुलाई समयमै सोच्नुपर्नेमा समेत नागरिकहरुले आग्रह गरेका छन् । राप्रपा नेपाल कञ्चनपुरले नयाँ संविधानमा हिन्दुराष्ट्रको माग राख्दै पहिलो दिन जिल्लाको पुरानो र नयाँ सदरमुकाम बेलौरी महेन्द्रनगरमा प्रदर्शन गरेको छ । यस्तै दोस्रो दिन पनि हिन्दुराष्ट्र माग गरिरहेका आफ्ना कार्यकर्ताहरुलाई प्रहरीको धरपकड गरेको भन्दै प्रदर्शन गरेको अध्यक्ष पतिराम चुनाराले बताउनुभयो ।

अध्यक्ष चुनाराका अनुसार बुधबार एक घण्टा चक्का जाम गरिने छ । सुझाव संकलनको दोस्रो दिन भीमदत्त नगरपालिका कार्यालयको हलमा महेन्द्रनगरका स्थानीय पदम जोशीले हिन्दुराज्य कायम नभए गृहयुद्ध हुने भन्दै समयमै नेताहरुले यस्ता गम्भिरखाले मुद्दामा सोच्नुपर्ने बताउनुभयो ।

यस्तै सुदूरपश्चिम विश्वविद्यालयका सहायक प्राध्यापक मुकुन्द कलौनीले विदेशी एनजिओको ईसारामा संविधानको मस्यौदा ल्याएको भन्दै यस्ता मस्यौदाले समुदाय बीच द्वन्द्व र विभेद सिर्जना गरेको बताउदै यस्ता विभेदखाले व्यवस्था हटाएर सबैको चाहेको व्यवस्था ल्याउन सुझाव दिनुभयो ।

क्षेत्र नम्बर २ गुलरिया सुझाव संकलन कार्यक्रममा कृष्णपुरका स्थानिय दिल बहादुर देउवाले मस्यौदाले दुई समुदायबीच झन विभेद सिर्जना गर्ने मस्यौदा ल्याएको बताए । केही सिमित जातिहरुका लागि मात्रै मस्यौदामा समेटिएकाले ब्राम्हमण, क्षेत्री र ठकुरीका लागि केही नल्याएका कारण यसले समेत द्वन्द्व उत्पन्न गर्ने विश्लेषण गर्नुभयो ।

सुदूरका नागरिकहरुले सबै समुदायको आर्थिक अवस्थाको मुल्यांकन गर्दै उसलाई आरक्षण दिनुपर्नेमा जोडदार माग गरेका छन् । यस्तो नगरिए पुन मुलुक द्वन्द्वमा भासिने खतरा रहेको चिन्ता व्यक्त गरेका छन् । उलेख्य मात्रामा रहेका यो देशका ब्राह्मण, क्षेत्री, र ठकुरीको भावना समेटन नसके युद्ध हुने खतरा रहेको ब्राह्मण, क्षेत्री, र ठकुरी समुदायले बताएका छन् ।