अछाम, ५ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधानको पहिलो मस्यौदामा जनताका तर्फबाट प्राप्त सुझावलाई अधिकतम रुपमा समाबेश गरिने बताउनु भएको छ ।
संबिधानको मस्यौदामा जनताको सुझाव लिन गृह जिल्ला अछाम आएका नेता रावलले प्रेस चौतारी नेपालको पत्रकार भेटघाट कार्यक्रममा जनताका तर्फबाट प्राप्त सुझाव अध्ययनपछि जनताको चाहाना बमोजिम संविधानको मस्यौदामा संशोधन गरिने स्पष्ट पार्नुभयो ।
संविधान मस्यौदा समितिका सदस्य समेत रहेका नेता रावलले संबिधानसभाले जन चाहना मुताविक संबिधान निर्माण गरेर जारी गर्ने भन्दै नेता रावलले जनताका तर्फबाट राजनीतिक स्थिरता र आर्थिक सम्पन्नताका पक्षमा स्पष्ट दृष्टिकोण आएको बताउनुभयो । ‘संबिधान चाडो भन्दा चाडो जारी भएर देश आर्थिक सम्बृद्धितर्फ अगाडी बढोस भन्ने जनताको चाहाना रहेको हामीले पाएका छौ’ नेता रावलले भन्नुभयो–‘जन चहाना पुरा गर्न सबै राजनीतिक दल इमान्दारिताका साथ लाग्नु पर्छ ।’
नयाँ बन्ने संबिधानमा जनताका सबै खाले मागको समुचित सम्बोधन होस भन्नेमा आफूहरु सचेत रहेको भन्दै उहाँले एक पटक लेखेको संबिधान युगौ युग कायम नरहने बताउनुभयो । उहाँले समय काल अनुसार संबिधान काट छाट गर्न सकिने भएकोले अहिले समावेश हुन नसकेका कुराहरु भविष्यमा आवश्यक भए थपघट गर्न सकिने बिकल्प खुला रहेको बताउनुभयो । संबिधानको पहिलो मस्यौदामाथि सुझाव संकलन गरेर रावल ६ गते काठमाडौं फर्कने कार्यक्रम छ ।
















प्रतिक्रिया