८ कार्तिक २०८३, आइतबार

भूकम्पमा जेलबाट भागेर चोरी, चार जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorकाठमाडौं, ५ साउन । भूकम्पबाट जेलबाट भागेर चोरी गर्ने चार जनालाई प्रहरीले पक्रमउ गरेको छ ।

काठमाडौं बौद्ध, थली तथा डाँछीलगायतका विभिन्न स्थानबाट चोरी भएका सामानसहित चोरीमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखाले साउन १ गते पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक ज्यामिरे गाबिस-९ का २१ वर्षीय राजन तामाङ, सिन्धुपाल्चोक भोटेनाम्लाङ गाबिस–१ का १९ वर्षीय मनोज तामाङ, सिन्धुपाल्चोक सिङपालकाभ्रे गाबिस-१ का २० वर्षीय फुर्वा शेर्पा र सिन्धुपाल्चोक भोटेनाम्लाङ गाबिस–३ का २१ वर्षीय सुकमान तामाङ रहेका छन् ।

उनीहरुबाट १ थान टेलिभिजन, २ थान ल्यापटप, १ सय ५० लाल सुन, ११ थान मोवाइल, १ थान आइपोट, ३ थान चाँदीका ब्रासलेट तथा खुकुरी, चक्कु, छुरालगायतका सामानहरु बरामद भएको छ ।

अभियुक्तहरुमध्ये फुर्वा तामाङ जिल्ला कारागार सिन्धुपाल्चोकमा चोरी अभियोगमा कैद भुक्तान गरिरहेकोमा बैशाख १२ गतेको भूकम्पको मौका छोपी भागी फरार भएका थिए । पक्राउ अभियुक्तहरुलाई महाशाखाले आवश्यक कारबाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।