बाल्टिमोर, अमेरिका । नेपाल अमेरिका पत्रकार संघले दिवंगत पत्रकार सञ्जीव घिमिरेको बालबच्चाको पठनपाठनको लागि दुई लाख ७५ हजार रुपैंया सहयोग प्रदान गरेको छ ।
नेजाको पहलमा अमेरिकामा रहेका संचारकर्मी र समुदायका अन्य सदस्यहरुबाट संकलित रकम काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले दिवंगत पत्रकार घिमिरेकी पत्नी अनिता घिमिरेलाई हस्तान्तरण गर्नुभयो । महासंघको सचिवालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा नेजाको तर्फबाट संकलित रकम नेजाका पूर्व सल्लाहकार प्रताप अधिकारीले महासंघका अध्यक्ष डाक्टर विष्टलाई प्रदान गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाको अनुरोधमा नेजाका अध्यक्ष गौतम दाहाल, क्षेत्रीय संयोजक विकासराज न्यौपाने र सक्रिय सदस्यद्वय सुरेशचन्द्र पोखरेल र सदस्य मुकेशचन्द्र बरालको विशेष पहलमा उक्त रकम संकलन भएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सहयोग गरेकोमा नेजा र अमेरिकास्थित नेपाली पत्रकारहरुलाई धन्यवाद दिनुभयो । उहाँले स्वर्गीय घिमिरेको परिवारलाई महासंघले सक्दो सहयोग गर्ने बताउदै घिमिरेको छोराहरुको शिक्षाका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेजाका तर्फबाट प्रतिनिधित्व गर्नुभएका पूर्व सल्लाहकार एवं सदस्य प्रताप अधिकारीले घिमिरे परिवारलाई थोरै भएपनि राहत उपलब्ध गराउने उद्देश्यले रकम संकलन गरिरहेको बताउनुभयो । घिमिरे परिवारका सदस्यको तर्फवाट बोल्दै गोपाल तिवारीले रिपब्लिका शाखा, नेजा र महासंघलाई धन्यवाद दिनुभयो । रिपब्लिका शाखाका अध्यक्ष कोषराज कोईरालाले आफ्नो शाखाको पहलमा रकम जम्मा गरेर घिमिरे परिवारलाई सहयोग गर्न पाउदा खुसी लागेको बताउनुभयो ।
नेजाद्वारा धन्यवाद ज्ञापन
यसैबीच नेजाका अध्यक्ष गौतम दाहालले संचारकर्मी स्वर्गीय घिमिरेका बालबच्चाको पठनपाठन सहयोगार्थ संस्थाको तर्फबाट आव्हान गरिएको सहयोग संकलन अभियानमा सहभागी सबै सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ । यसैगरी यसका लागि नेपालमा समन्वय गर्नुहुने नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाका अध्यक्ष कोषराज कोइराला, अमेरिकामा रकम संकलनका लागि सक्रिय रहनु भएका नेजाका क्षेत्रीय संयोजक विकासराज न्यौपाने र सदस्यद्वय सुरेशचन्द्र पोखरेल र मुकेशचन्द्र बराल र अन्य सहयोगदाता सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
उहाँले नेजाले नेपालमा नेपाल पत्रकार महासंघसंग समन्वय गरेर काम गरिरहेको भन्दै यो सहयोग रकम हस्तान्तरण महासंघका अध्यक्षमार्फत प्रदान गरिनु पनि त्यही सहकार्यको उदाहरण भएको जनाउनु भएको छ । अध्यक्ष दाहालले यस कार्यमा नेजाका तर्फबाट नेपालमा प्रतिनिधित्व गर्नु भएका संस्थाका पूर्व सल्लाहकार प्रताप अधिकारीप्रति पनि आभार व्यक्त गर्नु भएको छ ।
क–कसले गरे सहयोग ?
स्वर्गीय घिमिरेको बालबच्चाको पठनपाठनका लागि सहयोग जुटाउन भन्दै नेजाले चार महिना पहिले पहल गरेको थियो । यस क्रममा नेजाले आफ्ना सदस्य र समुदायका सदस्यहरुबाट यसरी स्वेच्छिक सहयोग संकलन गरेको थियो । यसरी स्वेच्छिक सहयोग गर्ने सबैलाई नेजाका तर्फबाट अध्यक्ष दाहालले धन्यवाद दिनु भएको छ ।
सहयोगदाताहरु यस प्रकार हुनुहुन्छ ः तरुण पौडेल, सागर कोईराला, सञ्जय फुयाल, सोम लामिछाने, गुणराज लुइटेल, गोविन्द भट्टराई, गुण अधिकारी, सुमन खरेल, चारु वालिया, देवी अधिकारी, प्रेरणा न्यौपाने, सञ्जय घिमिरे, भुवन शर्मा, दिनेश कार्की, गौतम दाहाल, शिव प्रकाश, कृष्ण राज खनाल, नारायण श्रेष्ठ, मुकेश÷संज्ञा वराल, यदु देवकोटा, पूर्ण न्यौपाने, केदार तिम्सिेना, रामचन्द्र पोख्रेल, हरिबोल भण्डारी, भुवन आचार्य, मुरली अधिकारी, कृष्ण लामिछाने, उत्तम लामिछाने, अम्बिका रावत, दिनेश मैनाली, सुशील क्षेत्री, सविता न्यौपाने, अमृत सापकोटा, ज्ञानेन्द्र कार्की, वाल जोशी, देवी खरेल रहनु भएको छ ।
















प्रतिक्रिया