८ कार्तिक २०८३, आइतबार

एक-दुई शक्तिको तागतले संविधानलाई रोक्न सक्दैन : एमाले नेता खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath-khanalइलाम, ५ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले एक महिनाभित्रमा संविधान जारी गरेरै छाड्ने दाबी गर्नुभएको छ ।

सुझाव सङ्कलनमा देखिएको नागरिकको उत्साहप्रद उपस्थितिले संविधान निर्माणको गतिलाई कसैको आदेशले पनि रोक्न नसक्ने बताउँदै उहाँले संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

अनेरास्ववियु जिल्ला कमिटी इलामले आज इलाममा आयोजना गरेको एसएलसी परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुहुँदै नेता खनालले सङ्कलित सुझावलाई संविधानसभामा पु¥याएर त्यसको विश्लेषण गरी मस्यौदालाई अन्तिम रुप दिइने बताउनुभयो ।

मस्यौदामा जनताले लोकतान्त्रिक विधि र पद्धतिमार्फत सुझाव दिएको बताउँदै उहाँले “देशको भलो नचाहने एक/दुईवटा शक्तिको तागतले संविधान निर्माण प्रक्रियालाई रोक्न सक्दैन, संविधान एक बन्छ, दुई बन्छ, तीन बन्छ र बनेरै छाड्छ” – भन्नुभयो ।