काठमाडौं, ५ साउन । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको पत्रकार सम्मेलनमा पैसाको वर्षा भएको छ ।
फिफाको पत्रकार सम्मेलनमा अध्यक्ष सेप ब्लाटरमाथि एक व्यक्तिले पैसाको वर्षा गराएका छन् ।फिफाले नयाँ अध्यक्ष चयनका लागि आगामी फेब्रुअरी २६ मा चुनाव गर्ने गरेको निर्णय सुनाउन पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
तर, पत्रकार सम्मेलन सुरु हुँदै गर्दा एक व्यक्ति साइमन ब्रोडकिन पैसाको बिटा बोकेर ब्लाटर भएको स्थानमा पुगे । र पैसालाई बलास्टरको शिरबाट वर्षाए । उनी एक ब्रिटिस हास्य कलाकार हुन् ।
उनले वर्षाएको पैसा नक्कली थियो । घटनापछि पत्रकार सम्मेलन १० मिनेट स्थगित भयो । स्टेजमा लि निलसन नामले चिनिने साइमन ब्रोडकिनले सन् २०२६ को विश्वकप आयोजना उत्तर कोरियालाई दिनु भन्ने ब्यंग गर्दै ब्लाटरमाथि नक्कली पैसाको वर्षा गराएका हुन् । लगतै उनलाई सुरक्षा गार्डले कार्यक्रम हलबाट बाहिर लगेका थिए ।













प्रतिक्रिया