१ कार्तिक २०८३, शनिबार

सभासद् गणेश थापामाथि खुकुरी प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Thapa

हेटौंडा, ५ साउन । संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रममा अवरोध पु¥याउन खोज्दा राप्रपा नेपालका सभासद गणेश थापा झडपमा परी घाइते भएका छन् । उनीमाथि खुकुरी हेटौडामा प्रहार भएको हो । उनको टाउकोमा चोट लागेको छ ।

युवाहरुको एक समूहले खुकरी र रड प्रहार गरेको थापाले बताए । मकवानपुरको क्षेत्र नम्बर ३ मा चलिरहेको सुझाव संकलन कार्यक्रम रोक्न खोज्दा उनीमाथि खुकुरी प्रहार भएको थियो । सभासद थापा र राप्रपा नेपालका नेता कार्यकर्ताले सुझाव संकलन कार्यलाई बाधा पुग्ने गरी नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यसपछि प्रदर्शनकारीहरु सुझाव संकलन भइरहेको मञ्चमा जान खोज्दा झडप भएको हो । झडपमा थापा र उनका छोरा अभिशेक, राप्रपा जिल्ला अध्यक्ष नवराज विष्ट लगायत घाइते भएका छन् । थापाको हेटौंडाको अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि हिजो झडपमा परी मकवानपुर क्षेत्र नम्बर ३ मै राप्रपा नेपालका अध्यक्ष कमल थापाकी पत्नी घाइते भएकी थिईन् ।