८ कार्तिक २०८३, आइतबार

‘गुण्डागर्दी र हत्यामा लागेका व्यक्तिले नेपाललाई धर्मनिरपेक्ष बनाए’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hindu-rastra

चितवन, ५ साउन । चितवनको नारायणगढमा हिन्दूराष्ट्रका पक्षधर विभिन्न धार्मिक संघसंस्थाहरूको राष्ट्रिय भेला यही साउन ३ र ४ गते गरेर सम्पन्न भएको छ ।

सनातन धर्म ॐकार परिवार हिन्दू बौद्ध, जैन, शिख, किराँत, प्रकृतिपूजक आदिको साझा अस्तित्त्व रहने गरी नेपाललाई सनातन हिन्दूराष्ट्र नै उल्लेख गर्नुपर्छ भन्ने अडानमा सो भेला पुगेको प्रा.डा. गुरूप्रसाद सुवेदीले सञ्चार समूहलाई बताए । वर्षात्को समय भएपनि चालीसभन्दा बढी जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको सो भेलाले बन्ने संबिधानमा नेपाललाई हिन्दूराष्ट्र लेखाउन दबाब दिने निर्णय गरेको भेलाका सहभागी तथा शब्द चिन्तन संघका संयोजक लोकचन्द्र अधिकारीले बताए ।

धार्मिक संघसंस्थाहरूमा महासचिवीय भूमिकाको संस्थागत अनुभव संगालेका दीपक सुवेदीले सो भेलामा धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गराउन अप्नाउन पर्ने संघर्षका रणनीतिक कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । राज्यको धर्म भनेको मुलुकको मौलिक धर्मलाई आत्मसात गर्दै देशमा सुशासन कायम गर्नु हो । तर भ्रष्टाचार, लुट, गुण्डागर्दी, हत्या, आतंक, बलात्कार जस्ता कुकर्मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पेशा बनाएका राजनीतिका खलनायकहरूले धर्मसापेक्षता हुँदा यस्ता कुकर्मलाई गर्न पाइन्न भन्ने मानसिकताको कारण राज्यको धर्म हुन्न भनेका हुन्, कार्यपत्र प्रस्तुतको क्रममा सुवेदीले भने । ‘६ वर्षकी बालिकालाई बलात्कार गर्ने मानसिक विचलन ल्याउने वातावरण निर्माण गर्ने तत्व कुन हो ? धर्मनिरपेक्षवादी तर्फ लक्षित गर्दै शब्द चिन्तन संरक्षण मण्डलका संरक्षकसमेत रहेका सुवेदीले प्रश्न गरे ।

सनातन हिन्दू मोर्चा चितवनका अध्यक्ष लामाले हिन्दूधर्म यो भूमिको मौलिक धर्म भएकोले हिन्दूराष्ट्र यहाँका जनजाती आदिबासीको स्वधर्म हो । सत्यकुरा बुझ्न र बुझाउन नसक्दामात्रै सोपक्षबाट यो कुराको वेवास्ता भएको हो, अब बिस्तारै बुझिसकेका छन् । अब हिन्दूराष्ट्र कायम गर्ने आन्दोलनमा जनजाति आदिवासी तथा बौद्धसमुदायको अन्यपक्षको भन्दा ठूलो भूमिका बढ्दै जाने बताए ।

देशभरीबाट नब्बे प्रतिशतभन्दा बढी सुझाव हिन्दूराष्ट्रको पक्षमा आएको जानकारी आइरहेको सन्दर्भमा केही नेताहरूले धर्मलाई कुनै राज्यव्यवस्थासँग समेत जोडेर धर्मनिरपेक्षता नउल्टिने अभिव्यक्ति दिएकोमा सोप्रति भेलाका धेरैसहभागीहरूले आक्रोश व्यक्त गरेका थिए । विदेशीको ईशारा एवम् प्रलोभनमा नेताहरूले यस्तो अभिव्यक्ति दिएको औंल्याउँदै हिन्दूराष्ट्र कायम गर्न तथा धर्मनिरपेक्षता हटाउनको लागि जुनसुकै मुल्य चुकाउन पनि नेपाली जनता तयार रहेको र प्रतिनिधित्त्व तहबाट कडाभन्दा कडा आन्दोलनको कार्यक्रम क्रमशः तय गर्नपर्ने अडान राखेका थिए ।

सहभागीबाट क्रमशः आन्दोलनको स्वरूप कडारूपमा तय गर्न निर्देशन आएको, तसर्थ देशभरीबाट हिन्दूराष्ट्रकायम गर्नपर्ने पक्षमा नब्बेप्रतिशतभन्दा बढी आएको सुझावलाई संविधानसभाले तथा सम्बन्धित निकायले सुनेन भने धर्मक्षेत्रले आन्दोलनको स्वरूप भिषण बनाउनसक्ने अनुमान गरिएको छ । मागको सुनुवाई नभएमा आन्दोलन क्रमशः भिषण गर्दै लाने रणनीतिक कार्यक्रममा सहभागीहरूले घनिभूति छलफल गरेको बताइएको छ ।

स्वामी ज्ञानानन्द सरस्वती लगायतका महाराजहरूले मार्गदर्शक संरक्षकको रूपमा रहेर आन्दोलनलाई निर्देशन गर्ने गरी सबै धार्मिक संघसंस्थाहरूले साझारूपमा ‘हिन्दू राष्ट्र बचाऊँ अभियान’ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको आयोजकहरूले बताएका छन् ।