८ कार्तिक २०८३, आइतबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquakeकाठमाडौं, ५ साउन । नेपालमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।

आज विहान दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का ४ दशमलब ३ रेक्टर स्केलको हो । केन्द्रका अनुसार आज विहान ८ बजेर ९ मिनेट जाँदा धक्का महसुस गरिएको थियो ।

केन्द्रअनुसार वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि चार रेक्टरमाथि ४ सय धक्का महसुस गरिएका छन् । यसअघि शुक्रबार दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको थियो ।

Earth-quake