काठमाडौँ, ४ साउन । बजारमा मंहगो धातु सुनको मूल्य पछिल्लो ८ महिनायताकै सबैभन्दा सस्तो भएको छ ।
सोमवार सुनको मूल्य तोलाको ४९ हजार ५ सय रुपैयामा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रति १० ग्रामको मूल्य ४९ हजार ५ सय कायम भएको जनाएको छ । पछिल्लो ८ महिनामध्ये माघमा सूनको मूल्य ५३ हजार ७ सय ५० पुगेको थियो । त्यसपछि केही समय तलमाथि भएको भएको मूल्य पछिल्लो समय लगातार घटिरहेको छ । सून सस्तिनुमा अन्तराष्ट्रिय बजार र नेपालको बजेट मुख्य कारण भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
















प्रतिक्रिया