मुगु, ४ साउन । गत माघदेखि ताल्चा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य थालिएपछि बन्द रहेको हवाई सेवा आजदेखि पुनःसञ्चालन भएको छ ।
विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएपछि आज गोमा एयरको नयाँ ट्वीनटर विमानले परीक्षण उडान गर्दै हवाई सेवा सञ्चालन गरिएकोे ताल्चा विमानस्थलस्थित नेपाल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।
विमानस्थलको धावन मार्ग कालोपत्रे गर्न तथा धावन मार्गको दायाँबायाँ सुधार गर्न विनियोजन गरिएको रु १२ करोडमध्ये हालसम्म रु सात करोड खर्च भएको र बाँकी असोजसम्म खर्च हुने ताल्चा विमानस्थल सुधार आयोजनाका आयोजना प्रमुख नलविक्रम थापाले बताउनुभयो । रासस















प्रतिक्रिया