८ कार्तिक २०८३, आइतबार

किन सडकमा उत्रिए गुल्मीका ब्राह्मणहरु ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-raliy

– अनिल खत्री
गुल्मी, ३ साउन । देश संविधान निर्माणको रफ्तार हिँडिरहेका बेला गुल्मीमा आइतबार ब्राहमणहरु र्‍याली निकाल्दै सडकमा उत्रिएका छन् ।

संविधान निर्माणको क्रममा मस्यौदामाथि सुझाव संकलन कार्य चलिरेको बेला ब्राहमण समाजले हिन्दु राज्यको माग गर्दै आइतबार तम्घासमा प्रदर्शन गरेको हो । तम्घासको उदिनढुगाबाट बिहान ८ बजे सुरु भएको ¥यालीे तम्घास बजार परिक्रमा गर्दै लाँकुरीमञ्चमा पुगेर कोण सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागिहरुले संबिधानमा सनातन हिन्दुराज्यको माग गर्दै नाराबाजी गरेका थिए ।

कोणसभालाइ सम्बोधन गर्दै ब्राहमण समाज गुल्मीका अध्यक्ष शशि पन्थीले विदेशीको दबाबमा पूर्खा देखि चल्दै आएको परम्परालाइ भत्काउन नहुने बताए । ‘धर्म निरपेक्ष राष्ट्र घोषणा भएको अर्को दिन देखि देशमा आगो बल्छ,’ उनले कोणसभालाई सम्बोधन गर्दै भने, ‘संबिधानमै धर्म निरपेक्ष लेखिनुले बहुसंख्यक हिन्दुहरुको आस्था माथी चोट पुगेको छ ।’ सभामा सभासदहरुको समेत उपस्थिति रहेको थियो । सोही अवसरमा ब्राहमण समाजले सभासदहरुलाई संबिधानको मस्यौदामा भएका कमीकमजोरी सच्याउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।

ब्राहमण समाजलार्ई प्रतिक्रिया दिँदै कांग्रेस सभासद चन्द्र भण्डारीले प्राप्त भएका सुझावलाई आफूले संबिधानसभामा लैजाने बताए । ‘तपार्ईहरुको मागबारे सबिधानसभामा सक्दो रुपमा उठाउने छु,’ उनले भने । सुझाव संकलनका क्रममा अधिकांश सहभागिहरुले हिन्दु राज्य सहितको धार्मिक स्वतन्त्रताको माग गरेका छन् ।