– डम्मरराज भट्ट
महेन्द्रनगर ३ साउन । कञ्चनपुरमा माओवादीको जग्गा माओवादीले नै कब्जा गरेको छ । पाँच भागमा विभाजन भइसकेको प्रचण्ड नेतृत्वको माओवादीबाट अलग्एिका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार जग्गा कब्जा गरेको हो ।
प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ कञ्चनपुरको नाममा रहेको जग्गामा आइतबार विप्लव माओवादीले आफ्नो पार्टीको झण्डा गाँडेको छ । उक्त जग्गा एमाओवादी नेता तथा महासंघका केन्द्रीय सदस्य नरहरी नाथ योगीले किर्ते दस्तखत गरी बिक्रि गरेको समाचार केही दिन अगाडि बाहिर आएको थियो ।
मजदुरको जमिन बिक्रि गर्न नपाईने भन्दै विप्लव माओवादी पार्टीको झण्डा गाँडेको हो । विप्लव माओवादीले मजदुरको हक हितका लागि खरिद गरेको जग्गा कुनै नेताले सुटुक्क बिक्रि गरेर मजदुरप्रति घात गरेको भन्दै बिक्रि वितरणमा रोक लगाउन कब्जा गरेको जनाएको छ ।
विप्लव माओवादीका केन्द्रीय सदस्य तथा महाकाली ईन्चाज डीडी पाण्डेले मजदुरको जग्गा बिक्रि गरेर मजदुरको अहित हुने भन्दै मजदुरका नाममा राखिने बताए ।
महासंघका केन्द्रीय सदस्य योगीले संगठनको नाममा रहेको भीनपा ४ बसपार्क क्षेत्रमा रहेको एक कट्टा जमिन किसान हाईड्रो प्राली मोरङसंग बिक्री गरेको समाचार सार्वजनिक भएको थियो । योगीले गत बर्ष एक करोड, सात लाखमा सो जमिन बिक्रि गरेका थिए ।
पार्टीको जग्गा बेच्ने नेता योगीलाई एमाओवादीले पार्टीबाट निकाल्यो
यसैबीच जमिन काण्डकै विषयलाई लिएर एमाओवादी कञ्चनपुरले योगीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्बाही समेत गरेको छ । जमिन बिक्रि काण्ड छानबिनका लागि एमाओवादीले उद्धव कठायतको नेतृत्वमा छानबिन टोली समेत बनाएको छ ।
विप्लव माओवादी कञ्चनपुरले उक्त जमिनमा कसैले आफ्नो भएको दावी गर्न आए सो व्यक्ति र बिक्रि गर्नेमाथि जनकारबाही चलाउने चेतावनी दिएको छ ।
















प्रतिक्रिया