काठमाडौँ, ३ साउन । नवलपरासीबाट काठमाडौंका लागि छुटेको बसले ठक्कर दिँदा चिसापानी एक जनाको मृत्यु भएको छ ।
नवलपरासी बदैघाट नगरपालिका-२ चिसापानी चोकमा बा.३ ख १००४ नम्वरको बसले पैदलयात्री सोही ठाउँ बस्ने १९ बर्षीया अस्मिता भुजेललाई आइतबार ठक्कर दिदाँ गम्भीर घाइते भएकोले पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कंचनपुर झलारी पिपललाडी नगरपालिका–११ स्थित पेट्रालपम्प नजिक सडकमा ना.५ ख ५११६ नम्वरको बसले कलुवापुर बस्ने ४५ बर्षीया भागरथी ऐरलाई शनिबार ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बारा अमलेखगंज–८ स्थित हेटौडा पथलैया सडक खण्डमा ना.१५ प ९६३३ नम्वरको मोटरसाइकल शनिबार अनियन्त्रित भएर दुर्घटना हुदाँ पर्सा बिरगंज उपमहानगरपालिका–११ बस्ने ३८ बर्षीय प्रमोद रौनियारको मृत्यु भएको छ । दुर्घटनामा उनी र मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ बर्षीय रविन्द्र श्रेष्ठ गम्भीर घाइते भएकोले नारायणी उपक्षेत्रीय अस्पताल बिरगंज लगिएकोमा उपचारकै क्रममा रौनियारको मृत्यु भएको हो ।















प्रतिक्रिया