१ कार्तिक २०८३, शनिबार

श्रीमान कतारमा, अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर श्रीमती जेलमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-Sexतनहुँ, ३ साउन । अवैध गर्भबाट जन्मिएको बच्चा फाल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध गर्भबाट जन्मिएको बच्चालाई मार्ने थप्रेक-८ घर भई श्याम्घा-२ चनौटे मियागाउँ स्थित माइतीघरमा बस्ने १८ बर्षीया नजिरन मियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

मियाले शुक्रबार माइतीघर नजिकै गोठमा छोरा जातको नवजात शिशु जन्माई कर्तव्य गरी मारेर सोही स्थानमा खाडल खनी गाडेको खबर प्राप्त हुनासाथ आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

नजिरनका श्रीमान ३ बर्षदेखि बैदेशिक रोजगारको सिलसिलामा कतारमा छन् । नवजात शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि दमौली अस्पतालमा पठाएको छ । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।