ताप्लेजुङ, ३ साउन । ताप्लेजुङमा मदिरा सेवन गरी दुई युवकले एक बालकको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
साथीको हत्या गरेको अभियोगमा सावा–७ बस्ने २२ बर्षीय अनुप थलाङ र २० बर्षीय प्रेम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका उनीहरुले थुकिम्वा–१ स्थित सावा जाने बाटोमा लिन्तेपबाट चामल लिई घर फर्कने क्रममा संगै आएका साथी १४ बर्षीय सुमन लिम्बुको शनिबार हत्या गरेका थिए । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया