१ कार्तिक २०८३, शनिबार

गगन थापाका ‘भोटर’ले नै पाएनन् मस्यौदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapa– मोहन बास्तोला

काठमाडौं, ३ साउन । संविधानको प्रारम्भिक मस्यौदामाथि जनस्तरबाट सुझाव संकलन शुरु भए पनि राजधानीकै जनताले अहिलेसमम्म संविधानको प्रारम्भिक मस्यौदा नपाएको गुनासो गरेका छन् ।

संविधानसभा सचिवालयका कर्मचारी पनि सुझाव संकलनमा क्रियाशील छन् । जनताको सुझाव संकलनका लागि सभासद् पनि जिल्लाजिल्ला पुगेका छन् । प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव संकलन गर्न सरकारले दुई दिन राष्ट्रिय विदाको घोषणा गरेको छ । मस्यौदामाथि सुझाव संकलन गर्न हरेक निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सोमबार र मंगलबार छलफल हुने भएको छ ।

राज्यको तयारी अनुसार मस्यौदामाथि सुझाव संकलन गर्नु अघि सबै जनताको हातमा प्रारम्भिक मस्यौदा पुग्नुपर्ने हो । तर, १ सय २८ पृष्ठ मोटो ‘नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा’ लेखिएको किताब अहिलसम्म राजधानीकै जनताको हातमा नपुगेको गुनासो आएको छ ।

गगन थापाकै क्षेत्रमा सबैभन्दा बढी गुनासो

सञ्चार माध्ययममा निकै चर्चा कमाएका नेपाली कांग्रेसका युवा नेता गगन थापाको प्रस्तुति हेरेका मानिसहरु उनलाई एक पटक प्रधानमन्त्री बनाउन पाए देशमा कायापलट हुने थियो भनी चिया पसलमासमेत चिया गफ छाँट्ने गर्छन् । तर, उनको प्रस्तुति जस्तो काम गर्ने तरिकामा भने आकाश जमिनको फरक रहेको उनकै क्षेत्रका जनताले आरोप लगाएका छन् ।

‘हामीले निकै संभावना देखेर गगन थापालाई संविधानसभाको दोस्रो निर्वाचनमा विजयी बनाएर पठायौँ, नेपाल सरकारका पूर्व कर्मचारीसमेत रहेका बुढानिलकण्ठा नगरपालिकाका राधाकृष्ण पौडेलले भने, ‘हामीले अहिलेसम्म पनि ‘नेपालको संविधानको प्रारम्भिक मस्यौदा’ पाएका छैनौँ ।’  उनले संविधान बनाउने बेला गगनले आफ्नो क्षेत्रमा मस्यौदा नल्याएको आरोप लगाए । ‘सबै ठाउँका सभासद् आफ्नो क्षेत्रमा पुगेर जनतालाई मस्यौदा दिएर सुझाव संकलन गरिरहेका छन्, यता गगनको अत्तोपत्तो छैन् ।’ उनले भने ।

उनले अरुबाटै संविधानको प्रारम्भिक मस्यौदा १ सय २८ पृष्ठको भएको जानकारी पाएपनि अहिलेसम्म हेर्न नपाएको गुनासो गरे । बुढानिलकण्ठ नगरपालिका गगन निर्वाचित भएको क्षेत्र हो । कांग्रेसकै एक नेताले गगनको आलोचना गर्दै भने–‘युवा व्यक्ति, देश–विदेश बुझेको नेता उहाँलाई विजयी बनाएर पठाउँदा देश, पार्टी र हामीलाई पनि फाइदा होला भन्ने सोचेका थियौँ । तर, अहिले आश मर्दै गएको छ ।’

उनले पनि अहिलेसम्म संविधानको प्रारम्भिक मस्यौदा देख्नसम्म नपाएको गुनासो गरे । ‘राजधानीको चर्चित र गगन थापा जस्तो व्यक्तिको क्षेत्रका जनताको त यस्तो हालत छ,’ उनले अरु नेताहरुप्रति पनि आशंका गर्दै भने, ‘बिचरा देशको कुना–कोप्चाका जनताले त्यो मस्यौदा कसरी हात पार्लान र सुझाव देलान ?’ उनले कपनसँगै जोडिएको एमाले सभासद् रामेश्वर फुयाँलको क्षेत्रका अधिकांश जनताको हातमा प्रारम्भिक मस्यौदा पुगेको जानकारी पाएको सुनाए ।

गगनकै क्षेत्रका एमाले नेताहरुसमेत उनीसँग रुष्ट बनेका छन् । ‘टेलिभिजन र पत्रपत्रिकामा ठूला–ठूला भाषण छाँटे पनि उनले यो क्षेत्रमा विकासका नाममा एकचिम्टी पनि योगदान गरेका छैनन्,’ एक एमाले नेताले भने, ‘उहाँका भाषण मिठा हुन्छन तर काम नगर्ने उहाँको पुरानै शैली हो ।’