काठमाडौं । हरेक बच्चाको जन्म हुँदा आमासँग जोडिएको सालनाल काटिन्छ । यस्तो यसकारण हुन्छ की बच्चा आमाको शरीरबाट अलग हुन सकोस र बच्चाको आफ्नो नाभीको विकास होस् ।
मिररका अनुसार यो घटना मेक्सिको देशको हो । जहाँ सैलटिलो अस्पतालका केही मेडिकल सिस्टरहरुले एक नवजात शिशुको गर्भनाल सट्टा उनको गुप्तांग काटिदिएका छन् ।
यी बच्चाका पिता डियैगो रैंजल इजागुर र उनकी पत्नी भन्छन्-‘अस्पताल प्रशासनले हामीसँग धोखा गरेको छ । जसका कारण हामीले बच्चाको गुप्ताङ्ग गुमाएका छौं ।’
बाबु डियैगोले भनेका छन्-‘बच्चा जन्मिने वित्तिकै डाक्टरको टीमले एक सर्जरीका लागि लिएर गए । उनलाई केही थाहा थिएन् कि डाक्टहरुले बच्चासँग जोडिएको सालनाल काट्नुको सट्टा गुप्तांग काटे ।’

डाक्टरको टिमले घटना लुकाउन सर्जरीको वहानामा भित्र लगेर फटाफट विना जानकारी अभिभावकको जिम्मा लगाए ।
डियैगोले भनेका छन् कि- डाक्टरका टिम रहेका व्यक्तिहरुले बच्चाको गुप्तांगमा गैर-जिम्मेदारी तरिकाले दुई सेन्टीमीटर गहिरो कट लगाए र बच्चाको लिङ्ग काटे । त्यसपछि बच्चालाई सी भी दिईयो ।
केही समयपछि थाहा भयो कि जसलाई उनीहरु डाक्टर मान्थे, उनीहरु मेडिकल विद्यार्थी थिए । अस्पतालले गैर-जिम्मेदारी तरिकाले बच्चाको गर्भनाल काट्ने जस्तो जटिल शल्क्रिया छात्राहरुबाट गरायो । बच्चाका अभिभावकहरुले डाक्टर छात्रालाई कारवाहीको माग गरेका छन् ।
अस्पतालले यो घटनामा मुख खोल्दै घटनाको आन्तरिक जाँच गर्न प्रशासनलाई निर्देशन दिएको छ । बच्चा अहिले पूर्ण रुपमा स्वस्थ छ । एजेन्सी













प्रतिक्रिया