८ कार्तिक २०८३, आइतबार

कस्तो अचम्मः आकाशबाट पर्ने पानी रुखबाट वर्षिन थाल्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barsaरुपन्देही, ३ साउन । लुम्बिनीस्थित मनाङ मन्दिरको छेउ नजिक रहेको एक रुखबाट लगातार रुपमा पानी झरिरहेको छ ।

स्थानीय भाषामा फडेल भनिने उक्त रुखबाट विगत आठ दिनदेखि निरन्तर रुपमा पानी वर्षा झैँ झरिरहेको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।

निरन्तर पानी झरेको देखेपछि स्थानीय जनता छक्क परेका छन् । उक्त रुखबाट झरेको पानीले रुखको वरिपरिको भाग पूर्णरुपमा भिजेर पानी जमेको छ ।

लुम्बिनी विकास कोषले भने आज बिहानमात्रै यो घटना थाहा पाएको थियो । पानी झरेको थाहा पाएलगत्तै कोषका सदस्य सचिव अजितमान तामाङ, वनस्पति शाखा प्रमुख सब्बीर अहमद खानसहित कोषमा कार्यरत कर्मचारीलगायत अन्य थुप्रै स्थानीयवासी अवलोकनका लागि पुगेका थिए ।

कोषका सदस्य सचिव तामाङले कोष अधीनमा रहेको क्षेत्रमा अहिलेसम्म यसरी कुनै पनि रुखबाट पानी नझरेको बताउनुभयो । कोेषले उक्त रुखबाट पानी झरेको तथ्यबारे अध्ययन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

कोषका वनस्पति शाखा प्रमुख खानले फडेल प्रजातिको रुखको हाँगाबाट कहिलेकाहीँ सामान्य रुपमा पानी रसाउने गर्छ भन्ने सुने पनि आफूले भने पहिलो पटक देखेको उल्लेख गर्नुभयो । रुखबाट पानी झरेको हेर्न रुपन्देहीलगायतका स्थानबाट सयौँ मानिस लुम्बिनी पुगेका छन् । उक्त रुख कोषले जग्गा अधिग्रहण गर्नु पूर्वको रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । रासस