८ कार्तिक २०८३, आइतबार

बिदाका दिन पनि राहदानी वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passportकाठमाडौँ, ३ साउन । राहदानी विभागले बिदाका दिन पनि राहदानी वितरण गर्ने भएको छ ।

राहदानीका लागि आवेदन गरेकाहरूलाई समयमै राहदानी पाउन नसक्दा पर्न सक्ने कठिनाइलाई दृष्टिगत गरी विभागले बिदाका दिन पनि राहदानी वितरण गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले आज एक सूचना जारी गरी सोमबार र मङ्गलबार बिहान ८ देखि ११ बजेसम्म राहदानी वितरण गर्ने जनाएको छ ।

राहदानी लिन निवेदकले आफ्नो सक्कल नागरिकता, पुरानो राहदानी भए सोसमेत, बैंक रसिदलगायत कागजात लिई स्वयम् उपस्थित हुन सम्बन्धित सबैमा विभागले अनुरोध गरेको छ । रासस