३० आश्विन २०८३, शुक्रबार

आइएस लडाकूको अर्काे घातक आक्रमण, इजिप्टमा पाँच सेनाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ladaku-IsIकायरो, ३ साउन । इजिप्टको उत्तरी सिनाई प्रान्तमा आइएस लडाकूले गरेको आक्रमणमा कम्तीमा पनि पाँच सेनाको हत्या भएकोे त्यहाँको राज्यद्वारा सञ्चालित समाचार संस्था एमइएनएले जनाएको छ ।

आइएस लडाकूले उत्तरी सिनाई प्रान्तमा रकेट आक्रमण गर्दा सो घटना भएको हो ।

अलकायदाद्वारा प्रेरित तथा ‘इस्लामिक स्टेट’ लडाकू समूहद्वारा सञ्चालित उक्त समूहले सो घटनाको जिम्मेवारी लिएको हो ।

गत असार २६ गते पनि उक्त गाउँमा आइएस लडाकूप्रति बफादार स्थानीय समूहको कार बम आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै अन्य एक दर्जन नागरिक घाइते भएका थिए । रासस/सिन्ह्वा