८ कार्तिक २०८३, आइतबार

उपचार गर्न आएकी महिलाको मेडिकलमा यसरी गरियो बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rap– डम्मरराज भट्ट
महेन्द्रनगर, ३ साउन । कञ्चनपुरमा एक महिला बलात्कृत भएकी छिन् ।

महिला बलात्कार गरेको आरोपमा सदरमुकाम महेन्द्रनगरस्थित कन्या पार्वती मेडिकलका सञ्चालक पोमलाल शर्मालाई प्रहरीले पक्राउ गरेको हो । शुक्रवार पेट दुखेको उपचार गर्न मेडिकलमा आएकी ३२ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेडिकल सञ्चालक पोमलाल शर्मालाई पक्राउ गरेको हो ।

पेट दुखेको भनेर मेडिकल आएकी महिलालाई चेकजाच गर्ने भन्दै बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको पीडितको जाहेरी ।

पेट दुखेको भनेर मेडिकल आएकी महिलालाई चेकजाच गर्ने भन्दै भित्र लगी बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरीएको छ ।

पीडित महिलाले दिएको जाहेरीका आधारमा शर्मालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर बमले जानकारी दिनुभएको छ ।