८ कार्तिक २०८३, आइतबार

पूर्वकमैयाको अझै पुनःस्थापना हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३ साउन । कमैया प्रथा अन्त्य भएको १४ वर्ष पूरा भइसकेको भए पनि कैलालीमा पहिचान भएका सबै पूर्वकमैयाको अझैसम्म पुनः स्थापना हुन सकेकोे छैन ।

पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सदियौँदेखि व्याप्त कमैया प्रथालाई तत्कालीन सरकारले अवैध ठहर गर्दै २०५७ साल साउन २ गते अर्काको घरमा काम गरी जीविका चलाउँदै आएका सबै कमैयाको मुक्तिको घोषणा गरेको थियो ।

जिल्ला भूमिसुधार कार्यालय कैलालीका अनुसार जिल्लामा पहिचान भएका आठ हजार ९१० पूर्वकमैया परिवारमध्ये अहिलेसम्म सात हजार ३०२ परिवारको पुनःस्थापना गरिसकिएको छ । अझै एक हजार ६०८ परिवारलाई पूर्ण रुपमा पुनःस्थापना गराउन बाँकी रहेको छ । यिनीहरुमध्ये एक हजार १३७ परिवारलाई सट्टा भर्ना दिई पुनःस्थापना गर्नुपर्ने अवस्था रहेको जिल्ला भूमिसुधार अधिकारी लक्ष्मण कठायतले बताउनुभयो ।

विगतमा पुनःस्थापनाका क्रममा उपलब्ध गराइएको जग्गामा गई बस्न सक्ने वातावरण विभिन्न कारणले नदेखिएपछि यी परिवारलाई सट्टा भर्ना दिनुपर्ने अवस्था आएको बताइएको छ । मुक्तिको घोषणासँगै जिल्लामा मुक्त कमैया पुनःस्थापना जिल्ला समिति गठन गरी सरकारले पूर्वकमैयाको पुनःस्थापना कार्य अघि बढाएको थियो । यस क्रममा समितिले पूर्वकमैयालाई बसोबासका लागि जग्गा र घर बनाउन आवश्यक काठ उपलब्ध गराएर पुनःस्थापना गराउँदै आएको छ ।

यसैबीच, कमैया मुक्ति दिवसका अवसरमा यहाँ आयोजित एक कार्यक्रममा मुक्त कमैयाले आफूहरुको उचित रुपमा पुनःस्थापना नगरिएको कारण जीवनयापन कठिन भएको गुनासो गर्दै रोजगारीको व्यवस्था हुनुपर्ने माग गरे । रासस