काठमाडौं । यस्तो घटना संसारमा सायदै होला । जहाँ १४ वर्षका युवक ४५ वर्षकी महिलाले जन्माएका बच्चाका बाबु बनेका छन् । यस्तो अनौठो घटना भारतको हो ।
मध्य प्रदेशको शहडोलको गोहपारू गाउँमा यो घटनाको पर्दाफास भएको हो । खबर अनुसार ४५ वर्षकी एक महिलाले १४ वर्षका नाबालक युवकलाई आफ्ना बच्चाहरुको पिता भएको दाबी गरेकी छिन् । घटना तब बाहिर आयो जब महिलाले लगाएका आरोपविरुद्ध नाबालक युवकले पुलिसमा उजुरी हाले ।
यद्यपी, १४ वर्षका आदिवासी समुदायका युवकले पुलिसमा ४५ वर्षकी महिलाविरुद्ध मानसिक तनाव दिएको भन्दै मुद्दा दर्ता गरेका हुन् । उजुरीमा युवकले भनेका छन् कि उनी ९ कक्षामा पढ्ने विद्यार्थी हुन् । पछिल्लो केही समयदेखि एक महिलाले मलाई आरोप लगाइरहेकी छन कि मैले ती महिलासँग शारीरिक सम्बन्ध राखेको छु । जसका कारण उनी गर्भवती भईन् । उनको ती महिलासँग राम्रै चिनजान छ तर, उनले महिलासँग कहिल्यै पनि शारीरिक सम्बन्ध नराखेको दाबी पुलिस उजुरीमा स्पष्ट उल्लेख गरेका छन् ।
युवकले भनेका छन् कि- ती महिला केही दिन पहिले बास बस्न मेरो घर आएकी थिईन् । तर, केही दिनमै उनी हाम्रो घरबाट गईन् । त्यसपछि ती महिलाले पुरै गाउँमा उनको बदनाम गरे कि युवक मेरो बच्चाको बाबु भन्दैछ भनेर । अहिले पनि ती पुरुष त्रासमा छन् । पुलिसका अनुसार, घटना बढ्दै जाँदा यो बारेमा गाउँ पञ्चायतमा पनि पुगेको थियो तर, त्यहाँ कुनै फैसला हुन सकेन् । अन्त्यमा घटना प्रहरीमा पुग्यो । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ । एजेन्सी













प्रतिक्रिया