– अनिल खत्री
गुल्मी, ३ साउन । अज्ञात रोगबाट गुल्मीमा भैँसीको धमाधम मृत्यु भइरहेको छ । गुल्मीको हस्तिचौरमा भैसी मर्दै गएपछि स्थानीयवासी चिन्तित बनेका हुन् ।
जिल्लाको हस्तिचौर गाविस वाड नं. ६ छल्दी स्थित झिरनेटा भन्ने स्थानमा एउँटै गाउमा लगातार ७ वटा भैँसी मरेपछी गाउँले चिन्तीत बनेका हुन । भैसीले सुरुमा दिसा गर्ने र काम्दै डल्ने गर्दै मर्दै गरेको स्थानिय रुम बहादुर नेपालीले बताए । उनका अनुसार गाउँमा एक पछी अर्को घरको भैसी मर्दै गएकोले यति बेला गाउँले सबैका भैसी मर्ने हुनकी भन्ने त्रासले चिन्तीत बनेका छन् ।
स्थानियले हाल सम्म ७ वटा माउँ भैसी मरेको नेपालीले बताए । भैसी मर्ने रोग एक घर पछी अर्को घरमा फैलदै गएसगै गाउँले भैसी मर्ने रोग मान्छेमा पनी फैलने हो की भन्ने डरले चिन्तीत बनेका छन् । भैसी मर्नेक्रम नरोकिएकाले उपचारमा सहयोग गर्न स्थानियले आग्रह गरेका छन् ।
गाउँमा दुध दिने भैसीलाई हाल ४० हजार भन्दा वढी रकम पर्ने गर्दछ । हाल मरेका भैसी पनी कतिपय दुध दिने तयारी भएका उनीहरुले बताएका छन् । ठूलो रकम पर्ने भैसी मरेपछी गाउँले चिन्तीत बनेका छन् ।















प्रतिक्रिया