८ कार्तिक २०८३, आइतबार

चामल लिई घर फर्किरहेका युवकमाथि खुकुरी प्रहार गरी हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackविराटनगर, ३ साउन । ताप्लेजुङमा शनिबार साँझ खुकुरी प्रहारबाट एक किशोरको मृत्यु भएको छ ।

साँवा-७ बस्ने १४ वर्षीय सुमन लिम्बूको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । लिङ्तेपबाट चामल लिई घर फर्किरहेका क्रममा थुकिम्बामा दुई युवाले उनको टाउकामाथि खुकुरी प्रहार गरेको अभियोग लगाइएको छ ।

स्थानीयवासी २२ वर्षीय अनुप थलाङ र २१ वर्षीय प्रेम थलाङसँग सामान्य विवादका क्रममा लिम्बूमाथि उनीहरुले खुकरी प्रहार गरेको प्रहरीले जनाएको छ । अनुप पक्राउ परेको तथा प्रेम फरार भएका छन् । रासस