८ कार्तिक २०८३, आइतबार

होटलमा सुतेका उच्च माविका शिक्षकको रहस्मय मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २ साउन । होटलमा सुतेकै अवस्थामा खोटाङका एक शिक्षकको मृत्यु भएको छ ।

खार्मी–१ साब्रु घर भई हाल जालपा उच्च मावि जालपामा अध्यापन गराउँदै आएका ३७ वर्षीय पदमबहादुर गुरुङको गएराति मृत्यु भएको हो ।

विराटनगरमा भएको शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्कनेक्रममा नुनथला–५ स्थित आशाराम तामाङको होटलमा बास बसेका गुरुङको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुरुङसँग एउटै कोठामा सुतेका दिक्तेल नगरपालिका–५ का लाखधन राईले शनिबार बिहान गुरुङ मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । गुरुङको रहस्यमय मृत्यु भएपछि राईलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । रासस