८ कार्तिक २०८३, आइतबार

जबरजस्ती गर्दा नमानेपछि झगडा, श्रीमती मृत भेटिईन्, श्रीमान फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । भक्तपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।

पारिवारिक घरायसी विषयमा विवाद भएको दोस्रो दिन ती महिना मृत अवस्थामा भेटिएकी हुन् । भक्तपुर अत्रतलिङ्गेश्वर नगरपालिका–५ चारदोवाटो नजिक हनुमानखोला किनारमा पाथीभरा उद्योग व्याग कारखानामा काम गर्ने सिराहा मनहरा–५ गोलबहारकी २४ वर्षीया साहज्यादी खातुन शुक्रबार मृत अबस्थामा फेला परेकी छन् ।

पतिले शारीरिक सम्बन्ध राख्न नमानेपछि र मागेअनुसार पैसा नदिएपछि उनको घरमा विवाद बढेको थियो । उनका पति १९ वर्षीय जावीर अन्सारीसँग झगडा भएपछि महानगरीय प्रहरी प्रभाग बालकोटमा असार ३१ गते मिलापत्र गराई उनीहरु घर फर्केका थिए ।

तर, घर फर्केको दोस्रो दिन नै खातुन मृत फेला परेकी हुन् । उनको कसरी मृत्यु भयो भन्ने बारे कारण खुल्न सकेको छैन् । उनका फरार पति जावीरको प्रहरीले खोजी गरिरहेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।