इटहरी, २ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले विश्वमा आविष्कार गरिएका नयाँ प्रविधि तत्काल प्रयोगमा ल्याउन नसके नेपालीले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीबाट मुक्ति पाउन कठिन पर्ने बताउनुभएको छ ।
मन्त्री अधिकारीले आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भित्र्याइएको नयाँ उपकरण डिआर मेसिनको उद्घाटन गर्दै नेपालमा गाउँ गाउँमा स्वास्थ्य सेवा पु¥याउन सरकारले कदम चालिसकेको जानकारी दिनुभयो । “नेपाली जनताले चाँडै स्वास्थ्यका कारण भौंतारिने अवस्था आउँदैन ।”
उहाँले एसियाकै प्रतिष्ठित अस्पतालका रुपमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठानमा डिजिटल रेडियोग्राफी मेसिन स्वास्थ्य मन्त्रालयले रु पाँच करोडमा खरिद गरिदिएको जानकारी दिनुभयो । उहाँले सरकारले मातृशिशु स्वास्थ्य कार्यक्रम देशभर लागू गरेको र यसलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकार आफँै लागिपरेको बताउनुभयो । प्रतिष्ठानमा उठ्ने गरेको गुणस्तरीय स्वास्थ्य र भ्रष्टाचारका विषयमा उहाँले प्रतिष्ठानको सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति प्रा डा बिपी दासले मातृशिशु स्वास्थ्य कार्यक्रम प्रतिष्ठानमा अत्यधिक चापकै कारण सम्भव नभएको जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानमा क्षमताभन्दा बढी सुत्केरी गराउनेको सङ्ख्या आउने गरेकाले पनि अहिले मातृशिशु कार्यक्रम सञ्चालन गर्न नसकेको बताउँदै अब चाँडै सञ्चालन गरिने आश्वासन दिनुभयो । रासस















प्रतिक्रिया