२९ आश्विन २०८३, बिहिबार

सुत्केरी व्यथामा छट्पटाइरहेकी महिलासँग डाक्टरले यस्तो हर्कत गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pragenent काठमाडौं । अस्पतालमा एक डाक्टरले सुत्केरी व्यथामा छट्पटाइरहेकी महिलासँग सेल्फी खिँचेर विवादमा आएका छन् ।

केही व्यक्तिहरुले उनीविरुद्ध कारवाहीको माग राखेका छन् । डैनियल सांचेज नामका यी डाक्टरले यो फोटो इन्स्टाग्राममा अपलोड गरेका छन् । यो फोटो भेनेजुएलाको एक अस्पतालमा खिचिएको हो ।

फोटोसँगै क्याप्सन पनि लेखिएको छ-‘आई क्यान डेलिभरी योर बेबी, बट फस्र्ट लेट मी टेक ए सेल्फी (लेडी, म तपाईको बच्चाको डेलिभरी गर्न सक्दछु, तर पहिला मलाई सेल्फी लिन देउ) ।’ त्यसपछि, हजारौं व्यक्तिहरुले यो डाक्टरको अलोचना गरेका र उनीविरुद्ध कारवाहीको माग गरेका छन् ।

pragenent-1

हजारौंको विरोधपछि ती महिलाले ‘म एक आमा हुँ र मेरो इमरजेन्सी अप्रेशन थियो । यो बारेमा म केही सोच्न सक्दैन् ।’ यद्यपी, डाक्टरले यी सबै घटनापछि माफी मागेका छन् । उनले यो फोटो आफूले नखिचेको दाबी गरेका छन् । अस्पतालले कारवाहीका घटनाको छानविन गरिरहेको छ । दोषी ठहरिए डाक्टरको जागिर चट हुनेछ । एजेन्सी