३० आश्विन २०८३, शुक्रबार

भारतलाई तह लगाउन पाकिस्तानको यस्तो रणनीति, दुश्मनी झन-झन बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Nawazकाठमाडौं, २ साउन । पाकिस्तानले भारतद्वारा सीमा क्षेत्रमा गरेको सैन्य आक्रमण पर्यवेक्षण गर्न राष्ट्रसङ्घसँग अनुरोध गरेको छ । भारतीय सेनाले काश्मिर क्षेत्रको पाकिस्तानी भूभागमा सैन्य गातिविधि सञ्चालन गर्दा गत एक हप्तामा चार जनाको मृत्यु भएको छ ।

घटना दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच भएको भेटपछि नै एकाएक सीमा क्षेत्रमा तनाब सिर्जना भएको हो । यी दुई राष्ट्रसँग सन् १९४७ पछि तीन पटकसम्म युद्ध गरिसकेका छन् ।

पाकिस्तानी सेनाद्वारा एक विज्ञप्ति जारी भारत तथा पाकिस्तानस्थित राष्ट्रसङ्घका सैन्य पर्यवेक्षण समूहलाई भारतद्वारा युद्धबिराम उल्लङ्घन गरेको भन्दै यसको जाँचबुझ गर्न अनुरोध गरेको हो ।

वक्तव्यमा भारतीय पक्षद्वारा ठूला मोर्टार तथा मेसिनगनको प्रयोग गरी पाकिस्तानी मानवीय बस्तीमा गरिएको कुरालाई विशेष ध्यानाकर्षण गरेको छ । गत दुई दिनमा भारतको आक्रमणबाट चार जनाको मृत्यु हुनाका साथै पाँच पाकिस्तानी नागरिक घाइते भएको जनाइएको छ ।

सीमा क्षेत्रमा तैनाथराष्ट्रसङ्घको पर्यवेक्षक समूहले उक्त घटनाका बारेमा कुनै जाँच नगरेको पाकिस्तानको भनाई छ । बिहीबार भारतीय राजदूत समक्ष इस्लामाबादमा आक्रमणको विरोध स्वरुप प्रदर्शन गरिएको थियो ।

चालकरहित विमानमाथि कश्मिरमा भएको आक्रमणपछि राजदूतलाई बोलाइएको थियो । भारतले भने उक्त विमान आफ्नो नभएको दाबी गर्दै आएको छ । भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा सन् २००३ देखि युद्धबिराम गर्ने सहमति भएको भए पनि दुवै देशबाट सहमतिको उल्लङ्घनका समाचारहरु बेलाबेलामा आउने गरेका छन् ।

ठिक एक हप्ता अगाडि गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफद्वारा अर्को वर्ष पाकिस्तान भ्रमणका लागि दिनु भएको निम्ता स्वीकार गर्नुभएको थियो ।

महिनौपछिको गतिरोध तथा आरोप प्रत्यारोपपछि रुसमा भएको क्षेत्रीय सम्मेलनमा सहभागी हुने क्रममा दुवै देशका प्रधानमन्त्री करिब एक घण्टा लामो वार्ता गर्नुभएको थियो ।

यदि मोदी आफ्ना पाकिस्तानी समकक्षीको निम्ताअनुसार अर्को वर्ष पाकिस्तान जानु भयो भने मोदी सत्तामा आएपछिको पहिलो पाकिस्तान भ्रमण हुनेछ । मोदीलाई भारतीय अति राष्ट्रवादीका रुपमा लिने गरिन्छ । रासस/एएफपी