८ कार्तिक २०८३, आइतबार

लागुऔषधसहित दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drugsरौतहट, २ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई सदरमुकाम गौरबाट शुक्रबार साँझ पक्राउ गरेको छ ।

भारतीय बजार वैरगनियाबाट लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा चन्द्रपुर नगरपालिका-३ घर भई हाल बारा जिल्ला गढिमाइ नगरपालिका-३ बस्ने २९ वर्षीय विनोद आचार्य र तेह्रथुम जिल्ला युगा गाविस-७ बस्ने २८ वर्षीय जगत आलेमगरलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।

शङ्कास्पद अवस्थामा रहेका उनीहरूका साथबाट २७ थान डाइजोपाम, २७ थान नोर्फिङ्ग, २२ थान फेनारगन ट्याब्लेट र ४७ थान केयरप्रिन ट्याब्लेट बरामद भएको हो ।

पक्राउ परेकालाई लागुऔषध कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस