८ कार्तिक २०८३, आइतबार

डाक्टरले दिएको औषधि खाँदा मेडिकलमै महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1301generic-medicinesपाँचथर, २ साउन । पाँचथरको यासोकमा झाडापखालाबाट थलिएकी एक महिलाको इन्जेक्सन र औषधि दिएको केही समयमै मृत्यु भएको छ । यासोक–३ की ४६ वर्षीया यमकुमारी धमलाको मृत्यु भएकोे हो ।

पेट दुख्यो भन्दै छटपटाएकी धमलाका यासोक बजारमा रहेको सलिना मेडिकलबाट इन्जेक्सन र औषधि लिएको केही छिनमै मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

मृतकको आफन्तले प्रहरीमा मेडिकल सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । घटनाबारे स्थलगत अनुसन्धानका लागि ब्युरोको टोली यासोक खटिएको र टोलीको प्रतिवेदनपछि मात्रै वास्तविकता भन्न सकिने प्रहरी निरीक्षक थपलियाको भनाइ छ । रासस