२९ आश्विन २०८३, बिहिबार

यसकारण बिरामी जाँच्ने छन्, महेश्वर ठाकुरका छोराले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doctorसुनसरी, २ साउन । आयस्रोत कम भएकाको पहुँचभन्दा बाहिर हो एमबीबीएस पढाई ।

यहाँका पसले महेश्वर ठाकुरले भने त्यही व्यवसायले छोरालाई डाक्टर बनाउन सके । एक वर्षपछि उनका जेठा छोरा जितेन्द्र बिरामी जाँचिरहेका हुनेछन् ।

इनरुवा कमल टाँकिजअगाडि २८ वर्षदेखि पानको पत्तामा चुना र कथ्था रगड्दै आएका महेश्वरलाई भित्रैबाट अठोट जागेर आयो तीन भाइ छोरा र एउटीछोरी मध्ये एउटा सन्तान डाक्टर बनाउने ।

नभन्दै २०६८ मा जितेन्द्रले एमबीबीएस प्रवेश परीक्षा पास गरे ।

त्यसपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २४ लाख तितेर भर्ना भए ।

पानको विक्रीबाट आएको आम्दानी घरखर्च कटाएर छोरा डाक्टर बनाउन जोगाए ।

त्यो रकमले नपुगेपछि उनले घर बैंकमा राखेर १० लाख ऋण लिए ।