३० आश्विन २०८३, शुक्रबार

जनसम्पर्क समितिका पदाधिकारीलाई बैठकमा अनिवार्य उपस्थित हुन आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-jan-samparka-samiti-क्यानडा । नेपाली जनसम्पर्क समिति क्यानडाको बैठक सम्पन्न भएको छ ।

सभापति लगायत बिज्ञ पदाधिकारीहरुसंग केही निर्णय प्रक्रिया र संस्था संचालन सम्बन्धि असहमत जनाई संस्थाका सदस्यहरुको परामर्शका लागि बोलाइएको बिशेष बैठक सोमबार सम्पन्न भएको हो ।

उक्त विशेष बैठकले संस्था संचालन र निर्णय प्रक्रिया स्थानीय नियम कानुन र संस्थाको प्रस्तावित बिधानको अधिनमा रही गर्न गराउन, संस्थाको महाधिबेशनका लागि तयार पारिएका पूर्वाधार भत्काउनु र बिबाद निम्त्याउनु संस्थाको हित बिपरित भएकोले तत्काल सो सम्बन्धि निर्णय तत्काल सच्याउन, संस्थाका बोर्ड अफ डाइरेक्टरले उठाएका बैठक संचालन प्रक्रिया, सदस्यता वितरण, संकलन र निर्णय एवं आर्थिक पारदर्शीका मुद्धाका बिषयमा सम्बन्धित पक्षले सम्पूर्ण सदस्यहरु समक्ष आगामी अगष्ट महिनाको १५ तारिकभित्र जानकारी गराउन निर्देशन दिएको छ ।

समितिको बिशेष बैठकमा सभापति लगायत जिम्मेबार पदाधिकारी उपस्थित भएका थिएनन् । साथै समितिको अर्को बैठक अगष्ट १५ तारिकमा गर्ने निर्णय पनि भएको छ । आगामी बैठकमा अनिबार्य उपस्थितिका लागि सबै पदाधिकारीलाई समतिले निर्देशन समेत दिएको समतिको सदस्यता वितरण समितिका बोर्ड अफ डाइरेक्टर तथा संयोजक केशव सिग्देल जानकारी दिनुभयो ।