८ कार्तिक २०८३, आइतबार

बागलुङमा ७ हजार बढी विद्युत पोलहरु जिर्ण अवस्थामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Light-– रबिना बोहरा

बागलुङ, १ साउन । बागलुङ जिल्लामा विद्युत विस्तारमा प्रयोग भएका ७ हजार बढी काठका पोल जोखिमपुर्ण अवस्थामा रहेका छन् ।

जिल्लामा रहेका ७ हजार बढी पोलहरु तुरुन्तै परिवर्तन नगरे भौतिक एवं मानवीय क्षति हुन सक्ने सम्भावना बढी रहेका छन् । जिल्लाका विभिन्न गाविसहरुमा गाडिएका काठका पुलहरु पानी पर्दाको समयमा भिज्ने हुँदा कुहिएर ढल्नै लागेको विहुँका स्थानीय नारायण कँडेलले बताउनुभएको छ ।

लामो समय सम्म रहने भनेर प्राधिकरणले भनिरहेता पनि काठका पुल केहि बर्षमा नै काठ कुहिन थालेको स्थानीयको गुनासो छ । जिल्लामा रहेका काठका पोलहरु मध्य करिब ८० प्रतिशत पोलहरु परिवर्तन गर्नुपर्ने अवस्थामा रहेको छ । काठका पोल प्रतिस्थापन गरि फलामका पोल राख्नुपर्ने स्थानीयको माग छ । हावा हुरी आउदा पनि कुहिएका पोल ढल्ने अवस्थामा रहेकाले स्थानीयहरु त्रसित भएका छन् । काठका पोलको गुणस्तर नियन्त्रण गर्ने निकायको वेवास्ताको कारण पनि यस्तो समस्या भएको स्थानीयका आरोप छ ।

यस्तै नेपाल विद्युत प्राधिकरण बागलुङका अनुसार जिल्लामा रहेका ९ हजार काठका पोल मध्य ७ हजार बढी जिर्ण अवस्थामा रहेका छन् । बागलुङ जिल्लाको बिहुँ गाविसमा सबै भन्दा बढी ४ सय ८० काठका पोलहरु जिर्ण अवस्थामा रहेका छन् । यस्तै धम्जा गाविसका ४ सय २०, तंग्राम गाविसका ३ सय ८०, रेश गाविसका ३ सय ७०, बागलुङ नगरपालिकाका ३ सय ६५, भिपपोखरा गाविसका ३ सय ५० बढी पोलहरु जोखिमपुर्ण अस्थामा छन् । जिल्लाको मालिका गाविसमा २ सय ३० वटा, पाला गाविसका १ सय २० बढी पोलहरु जिर्ण रहेको नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख रोहिणी पौडेलले बताउनुभयो ।

जिल्लामा रहेका विभिन्न ७ हजार बढी पोलहरुलाई ३ बर्षसम्म परिवर्तन गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । यस्तै यस बर्ष ७ सय ८० जिल्ला विकास समिति मार्फत र ९ सय ९० पोल प्राधिकरण मार्फत जिल्लामा भित्राउने कार्यालयले जानकारी दिएको छ ।