काठमाडौँ, १ साउन । आइसिसी विश्वकप ट्वन्टी ट्वन्टी छनोटमा पपुवा न्युगिनीसँग आठ विकेटले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सम्भावना न्यून भएको छ ।
आयरल्यान्डको डब्लिन स्टेडियममा आज भएको सो प्रतियोगितामा नेपाल पपुवा न्युगिनीसँग पराजित भएसँगै दोस्रो पटक विश्वकप खेल्ने नेपालको चाहना अपुरो हुने सम्भावना बढेको छ । प्रतियोगिता अन्तर्तगत नेपालले दिएको ९४ रनको लक्ष्य पपुवा न्युगिनीले १४.१ ओभमा मात्र दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालले अब विश्वकप खेल्न शनिबार हुने जर्सीविरुद्वको खेलमा जित हासिल गरेर मात्र हुँदैन हङकङले अब खेल्ने दुई खेलमा भरपर्नु पर्नेछ । यदि हङकङले दुवै खेलमा पराजय भोगे मात्र नेपालको विश्वकप खेल्ने सम्भावना रहन्छ, अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
नेपालको पहिलो विकल्प भनेको जर्सीलाई जितेर हङकङलाई तालिकामा पछाडि नेपाल अंक तालिकाको चार वा तीनमा पुग्नुपर्नेछ । पारेर त्यसपछिको दोस्रो विकल्प प्रतिस्पर्धी टिमसँग जित्नुपर्ने छ । जुन किनै अप्ठेरो छ ।
जारी प्रतियोगितामा तीन खेलेर तीन अङ्क जोडेको हङकङले अब आयरल्यान्ड र नामिबियासँग खेल्न बाँकी छ भने समान तीन अङ्क रहेको नेपालको एक खेल मात्र बाँकी छ ।
यसअघि अमेरिकासँग जित निकालेको नेपालले नामिबियासँगको खेल वर्षाका कारण अवरुद्ध भएपछि एक एक अङ्क बाँडेको थियो । तेस्रो खेलमा आयोजक आयरल्यान्डसँग नमीठो हार भोगेको नेपालले अपेक्षाविपरीत हङकङसँग पनि हार व्यहो¥यो ।
यसअघि पपुवा न्युगिनीविरुद्धका तीन भेटमा नेपालले दुई खेलमा जित तथा एक खेलमा मात्र हार भोगेको थियो । नेपालले छनोट चरणको अन्तिम खेल शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया