काठमाडौं, १ साउन । अवैध सुन बोकेर आएका भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
एयर अरेबियाको उडानद्वारा शारजाहाबाट काठमाडौं आएका राहदानी नम्बर ८२५२९५९५ बाहक भारतीय नागरिक ५७ वर्षीय रामनिवास वर्मालाई अवैधरुपमा ल्याएको ४ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरणबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
बर्माले शरीरभित्र लुकाई छिपाई ल्याएको ४ पिसमा रहेको उक्त परिमाणको सुन भन्सार पार भएपछि आगमन गेटमा प्रहरीले चेकजाँच गर्ने क्रममा सुनसहित उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया